bardiyahospital

हत्या आरोपमा ८ जना पक्राउ, ३ पक्राउ 

Geruwa GIF

बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ६ का २० वर्षीय बरुण घिमिरेको हत्याको आरोपमा बर्दिया प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । गत कार्तिक २७ गते लक्ष्मी पूजाको राती शुलभ थापा लगायतको समुहले हातहतियार सहित कुटपिट गरी घाईते बनाएका घिमिरेको उपचारको क्रममा नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको थियो । 


प्रहरीले घटनामा संलग्न भएको आरोपमा गुलरिया नगरपालिका ६ बस्ने २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारू र दिनानाथ चौधरीलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी घटनामा सहयोगी भूमिका खेलेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा नम्बर ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएका गुलरिया नगरपालिका वडा नं ६ का १९ वर्षीय सुयस थापा, वडा नं ५ का १९ वर्षीय आलोक आश्रित र वडा नं ४ का १९ वर्षीय सुमन सुनार फरार रहेका छन् । उनीहरुको खोजीकार्य तिव्र रहेको छ । 

cld


मृतकलाई बचाउन खोज्ने क्रममा गुलरिया नगरपालिका–६ का २१ वर्षीय मोहित पुन र राजापुर नगरपालिका–६ मनाउका २० वर्षीय रञ्जन कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनु भयो । 


घटनास्थलबाट घटनामा प्रयोग गरिएको चक्कु, नोख, चिर्पट दाउरा, हेलमेट फेला परेको प्रहरीले जनाएको छ ।  लक्ष्मीपूजाको राति बर्दियाको गुलरिया नगरपालिका–५ स्थित जुस कम्पनी नजिक झडप भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.