bardiyahospital

छ राजनीतिक दलको तीन दिने अल्टिमेटम 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकामा छ राजनीतिक दलले तीन दिने अल्टिमेटम सहित प्रेस विज्ञप्ति जारी गरेका छन् । पालिकाले प्रकाशन गरेको  कक्षा ८ को  नतिजाको परिक्षण हुनुपर्ने माग सहित राजनीतिक दलहरूले प्रेस विज्ञप्ति जारी गरेका हुन ।

पालिकाले चैत्र २ गते देखि चैत्र ९ गते सम्म पालिका स्तरीय परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा सामुदायिक विद्यालयका आठ सय दुई जना र संस्थागत विद्यालयका एक सय ३६ जना गरी नौ सय ३८ जना विद्यार्थीहरूले परीक्षा दिएको थिए । पालिकाले  चैत्र २६ गते  प्रकाशन गरेको नतिजा अनुसार सामुदायिक विद्यालयका ९०.४० प्रतिशत ( सात सय २५ जना ) फेल र ९. ६० प्रतिशत ( ७७ ) जना विद्यार्थी पास भएका थिए  । भने संस्थागत विद्यालयका विद्यालयका ३०.१५ प्रतिशत ( ४१ ) जना विद्यार्थी फेल र ६९. ८५ प्रतिशत ( ९५ ) पास भएका छन् । 

cld

पालिकाले प्रकाशन गरेको नतिजामा असहमति जनाउदै छ राजनीतिक दलले प्रेस विज्ञप्ति गरी गरेको थिए । दलहरूले जारी गरको विज्ञप्ति मार्फत  कक्षा ८ को परीक्षाको परिणामले बढैयातालमा सरोकार राख्ने सम्पूर्ण पक्षहरूको गम्भीर ध्यानाकर्षण भएको र पालिकाले शिक्षा नियमावली, ऐन, र कार्यविधि विपरित संस्थागत विद्यालय सञ्चालकहरू को सीमित स्वार्थ पुरा गर्ने उद्देश्यका साथ सुनियोजित तरिकाले सामुदायिक विद्यालय ध्वस्त बनाउने उद्देश्यले परीक्षा समिति बनाएको आरोप लगाएका छन्  ।

त्यसैगरी नतिजा कानुनी प्रावधान अनुसार उत्तरपुस्तिकाको सम्परीक्षण गरेर मात्र नतिजा प्रकाशन गर्नुपर्नेमा  त्यसो नगरी बदनियतपूर्ण तरिकाले नतिजा प्रकाशन भएकोले सम्पूर्ण विषयहरूको उत्तरपुस्तिकाको सम्परीक्षण गराई तुरुन्त नतिजा सार्वजनिक गर्न नेपाली कांग्रेसका नेता भगत नेपाली, नेकपा एमालेका नेता प्रेमप्रसाद त्रिपाठी, नेकपा माओवादी केन्द्रका नेता कर्ण बहादुर थापा (विस्तार),  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सरषचन्द्र तिवारी, नेकपा समाजवादीका नेता दिलबहादुर के.सी, र नागरिक उन्मुक्ति पार्टीका नेता लल्लु राम थारू सयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेका हुन । 

 बढैयाताल गाउँपालिकाको प्रशासनिक भवनबारे बर्दिया जिल्ला अदालतमा दायर मुद्दाको प्रतिवाद नगरी पालिका प्रमुखले बदनियत पूर्वक गम्भीर लापरवाही गरेकाले त्यसको वास्तविकता तत्काल सार्वजनिक हुनुपर्ने  प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । भने  आग्रामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा बस्ती स्तरबाट योजना छनौट गरी विकास निर्माणको कार्यहरूका बस्तीकै सर्वसाधारणहरूको सहभागिता हुनु  छ राजनीतिक दलको धारण रहेको छ ।

पछिल्लो समयमा पालिकामा स्वास्थ्य, शिक्षा,  विकास निर्माणको काम, लक्षित वर्णका लागि सञ्चालन विभिन्न कार्यक्रममा लापरवाही हुँदै गइरहेको छ । र पछाडि पारिएका सीमान्तकृत समुदाय, दलित समुदाय, आदिवासी जनजाति र राजनीतिक दलले विभिन्न मितिमा बुझाएको  ज्ञापन पत्रको सुनुवाई  नभएर मनोमानी ढंगले भइरहेको कार्यप्रति राजनीतिक दलको ध्यानाकर्षण भएको दलहरूको ठहर रहेको छ । पालिका प्रमुखले दलहरूले दिएको लिखित सुझावहरूलाई नजर अन्दाज गरी आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न मनोमानी रुपमा कार्य गरेको दलहरूको ठहर रहेको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.