bardiyahospital

नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, त्यसपछिको छलफल भने अवरोध गर्ने

Geruwa GIF

काठमाडौं–  सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ।

सिंहदरबारमा बसेको बैठकमा राष्ट्रपतिबाट पेस हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको हो। तर त्यसपछिको संसदीय कारबाही भने अवरोध गर्ने भएको छ।

cld

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ।

आज ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेकाे छ । यस्तै आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुसँग संसद् सुचारु गराउने विषयमा छलफल गर्नु भएकाे थियाे।

छललफलमा प्रधानमन्त्रीले सहकारी प्रकरणमा समस्या समाधान गर्ने आश्वासन दिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयाे।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.