bardiyahospital

महिलाहरूलाई हाते होजियारी तालिम दिइएको छ 

Geruwa GIF

अमरराज लम्साल, गुलरिया । बढैयाताल गाउँपालिका महिलाहरूलाई हाते होजियारी तालिम दिइएको छ । महिलाहरूको सीप तथा विकास विकास गर्न हाते होजियारी विकास तालिम दिइएको हो । 

बढैयाताल गाउँपालिका –९ का २० जना महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्य तालिमको आयोजना गरिएको थियो । तालिम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा बढैयाताल गाउँपालिकाको आयोजना भएको थियो । तालिममा सहभागीहरूले ऊनको प्रयोगबाट गलबन्दी, सुइटर, टोपी लगायतका सामाग्री निर्माण गरेको थिए । 

cld

बढैयाताल गाउँपालिका वडा –९ का वडा अध्यक्ष वीर बहादुर थारूले वडाका सबै  नागरिक उत्पादनसँग जोडिएर आत्मनिर्भर भई स्वरोजगार हुने पर्ने बताउनु भयो । उहाँले भन्नुभयो , ‘ वडामा सामूहिक हाते होजियारी केन्द्र स्थापन गर्न सकिने सम्भावना रहेको छ । तालिममा सहभागी महिला दिदीबहिनीहरू हाते होजियारी उद्योग स्थापना गर्न चाहेमा वडाले पनि सहयोग गर्ने छ । भने उत्पादन भएको सामाग्रीको बजारीकरण गर्न पनि  सहयोग गर्ने छु ।’

हाते होजियारी प्रशिक्षक सरिता थारूले तालिम सहभागीहरूले छोटो समयमा पनि धेरै कुरा सिक्न सकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ विभिन्न प्रविधि प्रयोगबाट सामाग्रीहरू निर्माण भइरहेको छ । अहिले जवाना प्रतिस्पर्धाको हो । त्यसकारण पनि मेसिनबाट सीप सिकाउन सकियो भने , थोरै समयमा पनि धेरै सिकाउन सकिन्छ । 

त्यसैगरी तालिममा सहभागी यमुना पुनमगरले तालिम सिकेर आफूले े ऊनको प्रयोगबाट जाडोमा प्रयोग हुने गलबन्दी, सुइटर, टोपी बनाउन सिकेको बताउनु भयो ।  आफूले सिकेको सीपलाई व्यवसायीक रुपमा काम  गर्ने योजना रहेको पुनमगरले जानकारी भयो । 

उहाँले भन्नुभयो, ‘सीप सिकेर आत्मनिर्भर बन्न सके अरुको भर पर्नु पदैन्  भने थाहा छ । तर यस अघि सीप नहुदाँ समस्या  पनि आत्मनिर्भर हुन सकेको  थिइन ।  अहिले सिकेको सीपको प्रयोग गरेर आत्मनिर्भर हुन सकिन्छ भन्ने लागेको छ । ’

तालिम समापन कार्यक्रम कार्यक्रममा वडा सदस्यहरू गीता परियार, वृद्धि बहादुर थापा, उर्मिला  लोनिया, विष्णु प्रसाद थारू, वडा सचिव नवीन चौधरी, लघु उद्यम विकास सहजकर्ता राज कुमार महतरा लगायतको सहभागितामा कार्यक्रम गरिएको हो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.