bardiyahospital

यौन तथा प्रजनन शिक्षा र अधिकारका बारेमा सिक्दै किशोरकिशोरी

Geruwa GIF

बर्दिया (गुलरिया) । यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा पढ्न र पढाउन समेत संकोच मान्ने अवस्थामा किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा जानकारी दिने उदेश्यले गेरुवा ग्रामिण जागरण संघले बर्दियामा एक कार्यक्रम लागु गरेको छ ।

केही बर्षअघिसम्म विद्यालयमा शिक्षकशिक्षिकाले संकोच मानेर पढाउन छुटाएको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा किशोर किशोरीहरुलाई अहिले स्वास्थ्यकर्मी आफै गएर विद्यालयमा प्रजनन स्वास्थ्यका बारेमा पढाउने गरेपछि विद्यार्थीहरुमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

cld

किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार नाम दिईएको सो कार्यक्रम संघले बर्दियाका चारवटा पालिकाका विभिन्न माध्यमिक विद्यालयहरुमा सञ्चालन गर्दै आएको छ ।

कार्यक्रम सञ्चालन रहेका विद्यालयका छ देखि दश कक्षासम्मका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन शिक्षाका बारेमा जानकारी दिईने कार्यक्रम फिल्ड सुपरभाइजर पल्लवी श्रेष्ठले जानकारी दिनु भयो ।

‘यो पाठ्यक्रम भित्रैको विषयवस्तु हो । यसलाई बुझ्ने गरेर किशोरकिशोरीहरुलाई सिकाउन मात्रै खोजेको हो’ फिल्ड सुपरभाइजर श्रेष्ठको भनाई छ । उहाँले किशोरकिशोरीहरुले यौन तथा प्रजननका बारेमा जानकारी हासिल गरेर सचेत बनुँन् भन्ने कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो ।

कार्यक्रम अन्र्तगत मधुवन नगरपालिका वडा नंं. २ स्थित मञ्जुश्री माध्यमिक विद्यालयमा अध्ययनरत् ६ देखि १० कक्षा सम्मका ३० जना किशोर किशोरी विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका बारेमा जानकारी दिइएको छ ।

यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिविरमा सहभागी किशोर किशोरीहरुलाई मूलतः यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, परिवार नियोजनका साधन र यौन स्वास्थ्यका बारेमा सहजीकरण गरिएको अहेब सञ्जिव पजियार ले बताउनु भयो ।

शिविरमा सहभागी किशोर किशोरीहरुलाई यौन शिक्षाले यौनसँग जोडिएका भावना, जिम्मेवारी, शरीरिक परिवर्तन, यौन क्रियाकलाप, प्रजननका लागि सही उमेर, सुरक्षित यौन सम्पर्क, जन्म नियन्त्रण वा यौनमा संयमजस्ता विषयका बारेमा विस्तारसँग बताउने गरिएको अनमी जिविता रिजालको भनाई छ ।

यौन, प्रजनन् तथा स्वास्थ्य शिक्षा र परिवार नियोजनका बारेमा सचेत भएपछि आफूहरु निर्धक्कसँग आफ्नै उमेर समूहका किशोर किशोरीसंँग यस बारे संवाद र छलफलमा जुट्न सजिलो भएको सहभागी राधा खड्काले बताउनु भयो ।

बर्दियाको ठाकुरबाबा, मधुवन र बारबर्दिया नगरपालिका तथा गेरुवा गाउँपालिका भित्रका विद्यालयहरुमा गेरुवा ग्रामिण जागरण संघले कार्यक्रम सञ्चाालन गर्दैआएको छ ।

कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा अपांगता मैत्री शौचालय निर्माण, महिनावारी कक्ष सहितको आरामदायी कोठा, पुस्तकालय, प्याड निर्माण तथा दौँतरी कक्षा लगयतका कार्यक्रमहरु सञ्चालन गरिएको फिल्ड सुपरभाइजर श्रेष्ठले जानकारी दिनुभयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.