bardiyahospital

निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा बृद्धि भएकाे छ । निकुञ्ज घुम्न आउने बाह्य तथा आन्तरिक सङ्ख्यामा वृद्धि  भएको तथ्या‌ंक छ । 

निकुञ्जभित्र जङ्गल सफारी गर्दा सजिलै बाघ, गैडा , हात्ती, अजिङगर, चितल मृग, बाह्रसिङे रतुवा लगायत देख्न पाइने भएकोले वाह्य तथा आन्तरिक पर्यटकको रोजाईमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्न थालेको हो । 

cld

बर्दिया राष्ट्रिय निकुञ्जकाे तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा  विदेशी पर्यटक छ हजार तीन सय ८३ जना, सार्क राष्ट्रका एक  हजार दुई सय १९  जना, नेपाली पर्यटक १६ हजार सात सय २२  जना गरी २४ हजार तीन सय २४ जनाले निकुञ्ज भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८० /०८१ मा विदेशी पर्यटक छ  हजार छ सय ८४ जना, सार्क राष्ट्रका एक हजार ४ सय ३७ जना, नेपाली पर्यटक १८ हजार १० जना गरी २६ हजार एक  सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोतम वाग्लेका अनुसार गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८०/०८१ मा विदेशी पर्यटक दुई सय ७१ जना , सार्क राष्ट्र दुई सय १८ जना र नेपाली पर्यटक एक हजार दुई सय ८८ जना गरी एक हजार सात सय ७७ जना पर्यटककाे स‌ंख्यामा बृद्धि भएकाे छ  । 

उहाँले  आर्थिक  वर्ष २०७९/०८० मा  दुई  करोड २२ लाख २० हजार छ सय ९६ रुपैयाँ आन्तरिक र वाह्य पर्यटनबाट प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।  भने उहाँले   आर्थिक वर्ष २०८०/०८१ मा दुई करोड ८४ लाख चार हजार  पाँच रुपैयाँ आन्तरिक र वाह्य पर्यटनबाट प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८०/०८१ मा ६२ लाख १९ हजार तीन सय नौ रुपैयाँ राजस्व वृद्धि भएको छ । 


सिनियर गाइड हेमन्त आर्चायले बर्दिया राष्ट्रिय निकुञ्जमा तराईको सबैभन्दा ठुलो र सजिलै  जनावर देख्न सकिने भएकोले बर्दिया आउने  पर्यटक सङ्ख्यामा बढ्दै गएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि तयार पारेको संसारका १०० सर्वोत्कृष्ट गन्तव्यको सूचीमा  बर्दियाको मधुवन नगरपालिकामा रहेको  ‘बुह्रान वाइल्डरनेस क्याम्प्स’ परेको छ । विश्वप्रसिद्ध म्यागाजिन टाइमले  तयार पारेको भ्रमण गर्न र बस्नका लागि सर्वोत्कृष्ट १ सय ठाउँको सूचीमा बर्दियाको बुह्रान वाइल्डरनेस क्याम्प्स परेकोले यस वर्ष विदेशी पर्यटक बढ्ने सम्भावना रहेको  छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.