bardiyahospital

अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको  दिवसमा सडक नाटक

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको  दिवसको अवसरमा सडक नाटक गरिएको छ ।  माइती नेपालको आयोजनामा गुलरियाको बसपार्कमा  सडक नाटक गरिएको हो । 

माइती नेपालले विगत लामो समयदेखि मानव बेचबिखन विरुद्धमा सचेतना जगाउने,  सिमा नाकाबाट उद्धार, गर्ने, लगायतका काम गर्दै आएको छ ।  माइती नेपालले विभिन्न सरकारी तथा  गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गर्दै आएको छ । 

cld

सडक नाटकको माध्यमबाट मानव बेचबिखन हुने तौरतरिका र शैलीमा परिवर्तन आएको देखाउन खोजिएको माइती नेपालको कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिनुभयो । उहाँले समाज रहेको अशिक्षा, गरिबी, अभाव, पारिवारिक कलह, जस्ता कारणले सामाजिक सञ्जालको माध्यमबाट पनि मानव ओसारपसार हुने सक्ने सम्भावना भएकोले यस बारेमा सचेतना जगाउन सडक नाटक आयोजना गरिएको कृष्णसार अनलाइनलाई  जानकारी दिनुभयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.