bardiyahospital

जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बयान दिन अख्तियारमा 

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत बयानको बोलाएको छ । आयोगको कार्यालयले बढैयाताल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यलाई बयानको लागि बोलाएको हो ।

cld

पालिकाको कार्यालयले बढैयातालको माटो वातावरण प्रभाव मूल्याङ्कन नगरेर तालको करिब २१ सय बिक्री गरेको थियो । तालको माटो बिक्री गरेको विषयमा अख्तियारको कार्यालयमा उजुरी परेको थियो सोही विषयमा बयान लिनको अख्तियारले बोलाएको वडा – ५ का वडा अध्यक्ष तुलाराम चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ दुई हजार एक सय ४६ टिपर माटो प्रतिटिपर सात सयको दरले बेचेको हो । पछि प्रदेश सरकारले तोकेको भन्दा कम मूल्यमा मूल्याङ्कन भएर बिक्री भएको रहेछ पछि गुलरिया नेपालगञ्ज हुलाकी सडक निर्माण गर्ने शर्मा एण्ड शर्मा कम्पनीले पछि अपुग भएको रकम १२ लाख २८ हजार रुपैयाँ पालिकामा बुझाएको छ । ’

पालिकाले कम मूल्यमा तालको माटो बिक्री गरेको विषयमा उजुरी परेपछि मात्र निर्माण कम्पनीले थप राजश्व रकम बुझाएको छ । तालको माटो बिक्री भएको विषयमा अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनको क्रममा रहेको छ । सोही विषयको बयानको लागि जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई बयानको लागि बोलाएको आयोगको कार्यालयले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.