bardiyahospital

निजामती कर्मचारी संगठन बर्दियाको जिल्ला अधिवेशन सुरु

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
गुलरिया ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाको दशौँ जिल्ला अधिवेशन बर्दियाको गुलरिया सुरु भएको छ । संघियतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीति अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने नारा सहित दशौ जिल्ला अधिवेशन सुरु भएको हो ।

जिल्ला समन्वय समिति बर्दियाकोे सभाहलमा अधिवेशनको उद्घाटन शत्र सुरु भएको हो । अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नेपाल निजामती कर्मचारी संगठन ११ औँ राष्ट्रिय अधिवेशन मुल आयोजक समितिका सह–संयोजक लेखनाथ कोईरालाले गर्नु भएको छ । उहाँले पानसमा बत्ती बालेर र व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । त्यसैगरी निजामती कर्मचारी शहिद झपेन्द्र कार्की, मनोज जोशी र सुेन्द्र वि.क.को तस्विरमा माल्यार्पण गरीएको थियो ।

cld


नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बर्दियाका अध्यक्ष नारायण प्रसाद पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा विशेष अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य लक्ष्मण ज्ञावली, नेकपा एमालका केन्द्रिय सदस्य शोभा खानाल, नेपाल निजामती कर्मचारी संगठनका सचिवालय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज प्रयागराज शर्मा, नेकपा एमाले बर्दियाका सचिवालय सदस्य अंगद श्रेष्ठ, पेशागत महासंघ नेपालका केन्द्रिय सदस्य दुर्गादत्त बसौला लगाएतकाको उपस्थीती रहेको थियो । त्यसैगरी कार्यक्रममा बर्दिया जिल्ला भरी रहेका संगठनमा आवद्ध निजामती कर्मचारीहरुको समेत उपस्थीती रहेको थियो ।


अधिवेशनले ६ जना पदाधिकारी सहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाका सचिव कृष्णबहादुर विष्टले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.