bardiyahospital

पूर्वमन्त्रीदेखि सांसदसम्मको स्वास्थ्य बिमा छैन

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाबाट निर्वाचित अधिकांश प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यहरूले स्वास्थ्य बिमा गरेका छैनन् । स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय बर्दियाका अनुसार संघीय तथा प्रदेश सभाका सदस्यहरूले स्वास्थ्य बिमा गरेका छैनन् ।

 सरकारमा बसेर काम गरेका पुूर्वमन्त्री देखि लिएर काननु निर्माण गर्ने सांसदसम्मले स्वास्थ्य बिमा गरको पाइदैन । जनप्रतिनिधीहरू स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध नहुने र स्वास्थ्य समस्या भएका राज्यकोष पैसा लिएर उपचार गर्ने गरेको पाइन्छ । कानुन निर्माण गर्ने सांसदले स्वास्थ्य बिमा नगर्दा आम नागरिकमा स्वास्थ्य बिमाप्रति विश्वास बढ्न सकेको छैन।

cld

बर्दियाबाट प्रतिनिधी तथा प्रदेशमा प्रत्यक्ष र समानुपातिक कोटामा गरी निर्वाचिन १५ जना सांसदको नै स्वास्थ्य बिमा छैन। बिमा नगर्नेमा प्रतिनिधिसभाा सदस्य एवं पूर्वसिंचाइ मन्त्री सञ्जयकुमार गौतम, प्रतिनिधी सभा सदस्य एवम् उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति÷पूर्वखानेपानी मन्त्री अब्दुल खान, प्रतिनिधिसभा सदस्य लालवीर चौधरी र शोभा ज्ञवाली रहेका छन् । स्वास्थ्य बिमा गरेर नवीकरण नगर्नेमा प्रतिनिधी सभा सदस्य जुवेदा खातुन, गीता बस्नेत र शान्ति चौधरी रहेको स्वास्थ्य बिमा बोर्ड सम्र्पक कार्यालयका दर्ता अधिकारी डिकेन्द्रबहादुर विष्टले बताउनु भयो । ।

त्यसैगरी स्वास्थ्य बिमा नगर्नेमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, पूर्वभौतिक योजना मन्त्री धर्म चौधरी, पूर्वमन्त्री सुमन शर्मा रायमाझी,  प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी, राजकुमार चौधरी, मालती सोडारी, कृष्णाकृष्मा थारु, नरमाया ढकाल रहेका छन्। प्रतिनिधी सभा सदस्य एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति/पूर्वखानेपानी मन्त्री अब्दुल खान समय व्यवस्थापन गर्न नसक्दा आफूले स्वास्थ्य बिमा गर्न नसकेको बताउनु भयो । । उहाँले भन्नुभयो,  ‘बर्दिया गएको समयमा समय मिलाएर स्वास्थ्य बिमा गर्ने छु । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम राम्रो भएकोले अन्यलाई स्वास्थ्य बिमा गर्न र स्वास्थ्य बिमा गरेकालाई निरन्तर रुपमा नविकरण गर्न आग्रह गर्छु ।’

प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने व्यवस्था संविधानमा रहेको छ । आधारभूत स्वास्थ्य सेवाले मात्र दिर्घकालिन रोग भएका बिमारीको लागि स्वास्थ्य उपचार सेवा पर्याप्त नहुन सक्छ । मुटु, क्यान्सर, मृगौला लगायतका केही रोगका बिरामीलाई उपचार गर्नका लागि सरकारले सहुलियत पनि दिएको छ। त्यतिले मात्र पर्याप्त नहुने भएकोले नागरिकको थोरै लगानीमा स्वास्थ्य उपचार गरी नागरिकको आर्थिक सुरक्षाको ज्ञारेन्टी गर्न स्वास्स्थ्य बिमा कार्यक्रम ल्याइएको  थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.