
कृष्णसार अनलाइन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) तथा जनमत पार्टीको बीचमा पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ । दुई पार्टीका शीर्ष नेता पार्टीको एकताको लागि ९ बुँदे सहमति गरेसँगै पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको हो ।
बर्दियाको मधुवन नगरपालिका –२ मा अमरपुरमा रहेको रेशमलाल चौधरीको कृषि फारम बसेको दुई पार्टीका शीर्ष नेताहरू बीच भएको बैठकले पार्टीका एकताको तयारी अन्तिम चरणमा रहेको छ । पार्टीको एकता लागि भएको बैठकमा पार्टीको नाम नागरिक जनमत पार्टी रहने, पार्टीको चुनाब चिन्ह ढकीया रहने, पार्टीको झन्डामा कलेजी रङको हुने तथा पार्टीको झन्डाको बीचमा सेतोभित्र ढकीया रहने, नागरिक भनेर सम्बोधन गर्ने सहमति भएको जनमत पार्टीमा उपाध्यक्षले एवम् पार्टी एकता कार्यदलको संयोजक अब्दुल खानले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पार्टीको संरक्षक माननीय रेशम थारू रहने गरी कार्यकारी अध्यक्ष डाक्टर सिके रावत र मर्यादा क्रम अनुसार तेस्रोमा माननीय रञ्जिता श्रेष्ठ रहने गरी पार्टीका एकता तयारी भएको छ । पार्टीका एकता बैशाखको १५ गते भित्र गर्ने गरी गरी बैठक टुङ्गो पुर्याउने सहमति भएको छ । भने पार्टीको केन्द्रीय समितिको विषयमा सहमति भएको छ , पार्टीमा दुबै दलको तर्फबाट ५०÷५० प्रतिशत प्रतिनिधित्व हुने सहमति भएको छ । भने पार्टीको विधान र पार्टीको नियमावली निर्माणको काम भइरहेको छ । पार्टीको विधान र नियमावलीको काम सकिने बितीकै पार्टी एकताको मिति तोकिने छ ।’
बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, पार्टी एकता कार्यदलका संयोजक गङ्गाराम चौधरी, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त रावत, र उपाध्यक्षले एवम् पार्टी एकता कार्यदलको संयोजक अब्दुल खान लगायतका नेताहरूको सहभागिता रहेको थियो ।


