
कृष्णसार अनलाइन । माइती नेपालले ३३ औँ वार्षिकोत्सवको अवसरमा अभिमुखीकरण गरेको छ। माइती नेपालले गुलरियामा किशोरीलाई लागि मानव बेचविखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण गरेको हो ।
मानवबेचबिखन तथा मानव ओसारपसार मानव अधिकारको गम्भीर उल्लङ्घनको मानिन्छ । मानव अधिकारको रक्षा गर्नका लागि नेपालबाट हुने मानव ओसारपसारको रोकथाम गर्नका लागि माइती नेपालले काम गर्दै आएको छ । माइती नेपालमा भारतको सीमासँग जोडिएको ट्रान्जिट पोइन्ट रुपमा रहेको गुलरिया गुलरियाबाट बेचबिखन गर्नका लागि भारत लैजान सक्ने जोखिम भएकोले ३० जना किशोरीलाई अभिमुखीकरण तालिम दिएर समुदायमा सचेतना फैलाउन खोजिएको माइती नेपाल बर्दियाको कार्यक्रम संयोजक गायत्री रिमालले बताउनु भयो ।

मानव तस्कर तथा दलालहरूले मानव बेचविखन गर्दा अपनाउने तौर तरिका सम्भावित स्थान तथा कानुनी प्रावधानको बारेका किशोरीलाई अभिमुखीकरण गरिएको थियो ।


