bardiyahospital

छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा बुवालाई १४ वर्ष कैद

Geruwa GIF

कृष्णसार अनलाइन । १६ वर्षीया छोरीलाई जबरजस्ती करणी  गरेको कसुरमा २९ वर्षीय बुवालाई १४ वर्ष कैद सजायको फैसला भएको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ वैशाख ११ गतेको इजलासले कसुर ठहर गर्दै १४ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिवाना, ४० हजार रुपियाँ क्षतिपूर्ति र २१ हजार ६ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको अदालतको सूचना अधिकृत अमृता केसीले बताउनु भयो ।

cld

पीडितलाई ०८१ जेठ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १० गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो । प्रहरीले घटनाका आरोपितलाई जेठ १० गते पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले ०८१ जेठ २९ गते हाडनाता करणीको अभियोगमा मुद्धा दर्ता गरेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.