
कृष्णसार अनलाइन । बर्दियामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १३ वर्षीय छोरा र ४० वर्षीय बुवालाई कैद सजायको फैसला गरेको छ।
अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ जेठ १ गतेको इजलासले कसुर ठहर गर्दै छोरालाई १४ वर्ष कैद सजाय, पाँच लाख ४० हजार रुपैयाँ जरिवानासहित ५० हजार रुपैयाँ पीडित राहतकोष भराउने फैसला गरेको छ ।

बुवालाई १२ वर्ष कैद सजाय, पाँच लाख रुपैयाँ जरिवाना र ५० हजार क्षतिपूर्तिस्वरूप २० हजार पीडित रक्तकोषमा भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी अमृता केसीले बताउनु भयो ।
जिल्ला सरकारी वकिल कार्यालय बर्दियाले हाडनाताको अभियोगमा ०८१ असार १६ र ०८१ असार १९ गते बर्दिया जिल्ला अदालतमा मुद्धा दर्ता गरेको सहायक जिल्ला न्यायाधिवक्ता शिवराज पौडेलले बताउनु भयो ।
बालिकालाई बुवाले २०७९ साउनमा र छोराले २०८० फागुनमा बलात्कार गरेको भन्दै पीडित पक्षले २०८१ जेठ २७ गते प्रहरीमा उजुरी दिएको थिए । प्रहरीले आरोपितहरूलाई जेठ २७ गते पक्राउ गरेको थियो ।


