bardiyahospital

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै ठाकुरबाबा नगरपालिका– ४ सैनवार बस्ने ४१ बर्षिय लिलि थारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।
मंगलबार बेलुकी आफ्नो घर नजिक रहेको बंगुरको खोरमा चारो दिदैँ गर्दा बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खानलले बताए । बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको प्रहरीले जनाएको छ ।

थारु बाघको आक्रमणबाट घाईते भएछि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतक थारु आधा खुट्टा, हात खाएको र क्षत विक्षत अवस्थामा फेला परेको जनाइएको छ । मृतक थारुको शव मंगलबार राति नै पोस्टमार्टमका लागि गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.