bardiyahospital

क्याम्पस प्रमुखले भनेको नमानेपछि सहायक केन्द्राध्यक्ष मीनबहादुर चन्दलाई हटाइयो 

Geruwa GIF

प्रकाश पौडेल गुलरिया । बर्दियाको गुलरियामा रहेको बबई बहुमुखी क्याम्पसमा एकैदिनमा सहायक केन्द्राध्यक्ष हटाइएको छ । क्याम्पस प्रमुख वीरेन्द्र राज लम्सालले सहायक केन्द्राध्यक्ष मीनबहादुर अनावश्यक दबाब दिएपछि चन्दले  दबाबका बीचमा काम नगर्ने भनेपछि  सहायक केन्द्राध्यक्षबाट चन्दलाई हटाइएको हो । 

क्याम्पसमा असारको २९ गतेबाट स्नातक तहको तेस्रो, पाँचौ र छैटौँ सेमेस्टरको परीक्षामा सञ्चालन भइरहेको छ । परीक्षा सञ्चालन गर्नका लागि  केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष रहने व्यवस्था रहेको छ । क्याम्पसमा पहिला क्याम्पस प्रमुख केन्द्राध्यक्ष र  सहायक क्याम्पस प्रमुख सहायक केन्द्राध्यक्ष हुने गरेका थिए । तर मध्यपश्चिम विश्वविद्यालयमा क्याम्पसमा गएपछि विश्वविद्यालयले सहायक क्याम्पस प्रमुखको जिम्मेवारी दिएको छैन् । जसले गर्दा क्याम्पस प्रमुखले नै सहायक केन्द्राध्यक्ष तोक्ने गरेको छन् । 

cld

क्याम्पसमा परीक्षा सञ्चालन गर्दा सहायक केन्द्राध्यक्ष तोक्ने र परीक्षामा कसलाई परीक्षा गार्ड भन्ने विषयमा क्याम्पसमा बैठक बसी छलफल हुनुपर्ने हो । तर क्याम्पसमा परीक्षा जस्तो महत्वपूर्ण विषयमा क्याम्पसमा बैठक बसेको पाइदैन् । भने परीक्षा दिने विद्यार्थीहरू स्थानीय भएको हुँदा विद्यार्थीले  परीक्षाको दिन सिट मिलाउने,  परीक्षा हलमा मोबाइल लिएर जाने , खुल्ला रुपमा चिट चोर्ने, आफू अनुकुलका प्राध्यापकलाई गार्ड राख्ने , प्राध्यापकले मन परेको विद्यार्थीलाई प्रयोगात्मक परीक्षा धेरै नम्बर दिने जस्ता गतिविधि हुने गरेका छन् ।पछिल्लो समयमा क्याम्पसभित्र नियम  मिचेर मनपरी मौलाउदै गएको छ ।

क्याम्पसका भइरहेको परीक्षा सञ्चालन गर्दा क्याम्पस प्रमुखले अनावश्यक दबाब दिएपछि  परीक्षा सञ्चालन गर्न पाएको सहायक केन्द्राध्यक्षको जिम्मेवारी बाहिरिएको प्राध्यापक मीन बहादुर चन्दले बताउनु भयो ।। उहाँले भन्नुभयो , ‘ क्याम्पस प्रमुख परीक्षाको विषयमा दबाब दिएपछि नैतिकतालाई बन्धकी राखेर परीक्षा सञ्चालन गर्न नसकेर सहायक केन्द्राध्यक्षको जिम्मेवारीबाट बाहिरिएको हुँ ।’

यस विषयमा क्याम्पस प्रमुख तथा परीक्षाका केन्द्राध्यक्ष वीरेन्द्र राज लम्सालले परीक्षामा हरेक दिन फरक फरक व्यक्तिलाई गार्ड राख्न भने पनि सहायक केन्द्राध्यक्ष चन्द्रलाई यसो गर्दा आफूलाई परीक्षा सञ्चालन गर्न गाह्रो हुन्छ भन्दै सहायक केन्द्राध्यक्षको जिम्मेवारीबाट बाहिरको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ २९ गतेको परीक्षामा मीनबहादुर चन्दलाई  सहायक केन्द्राध्यक्षको जिम्मेवारी दिएको थिए । उहाँले छोडेपछि  ३० गतेबाट केशवराज सिग्देललाई सहायक केन्द्राध्यक्ष बनाएको छु ।’

परीक्षा सञ्चालनको जिम्मा पूर्ण रुपमा क्याम्पस प्रमुखको भएपनि क्याम्पस प्रमुखले सहायक केन्द्राध्यक्ष चन्द्रतीर औला देखाउदै आफू पन्छिन खोजेको देखिन्छ । भने सहायक केन्द्राध्यक्षको जिम्मेवारी पाएका केशवराज सिग्देल क्याम्पस प्रमुखका निकट र विश्वासिलो मानिन्छन् । क्याम्पस प्रमुखले आफू अनुकुल काम गर्न सजिलो हुने भएकोले सहायक केन्द्राध्यक्ष फेरेका हुन । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.