bardiyahospital

बाघ हेर्न निकुञ्ज जाउ 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । प्राकृतिक सम्पदा तथा जैविक विविधताले बर्दिया भरिपूर्ण छ । यहाँ वन्यजन्तु, वनस्पति, जलचर र चराचुरुङ्गी फरक हावापानी, तालतलैया, नदीनाला लगायतको जैविक विविधता पाइन्छ ।  

cld

सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो आरक्ष पछि बर्दिया वन्यजन्तु आरक्ष भयो । र २०४५ मंसिर २० आरक्षबाट यसलाई शाही बर्दिया राष्ट्रिय निकुञ्ज बनाइयो । ९३४ वर्ग मिटरमा फैलिएको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरू मध्ये सबैभन्दा ठूलो निकुञ्ज हो । र राजसंस्थाको अन्त्य भएसँगै यसको नाम परिवर्तन गरेर बर्दिया राष्ट्रिय निकुञ्ज बनाइयो ।  निकुञ्जको माथिल्लो भाग चुरे क्षेत्रमा सल्ला र तराईको धेरैजसो भाग सालको जङ्गलले छ ।   

 निकुञ्जको भित्र चरण क्षेत्रको विस्तार गर्न घाँसे मैदान बनाइएको छ । निकुञ्जमा पाटेबाघ, एक सिङ्गेगैँडा, चितुवा, जङ्गली हात्ती देख्न पाइने भएकोले पनि यहाँ पाउने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

निकुञ्जमा घाँसे मैदानमा देखिने चितल, रतुवा ,मृत जरायो बाह्रसिङे धेरैलाई मोहित बनाउँछ । भने निकुञ्जमा भित्र रहेको गोही प्रजनन केन्द्र, अर्को महत्वपूर्ण पक्ष हो । भने निकुञ्जभित्र  बग्ने कर्णाली नदीको भँगालोमा पानीमा पिउँदै गरेको हात्ती, गर्मी भएपछि पानीको सकेको देखिने पाटेबाघ । पानीमा बसेको गैँडा साँच्चिकै अदभूत लाग्छ । 

पर्यापर्यटनको प्रचुर सम्भावना रहेको निकुञ्जमा वर्षेनी आउने पर्यटकको संस्था बढिरहेको छ यसको प्रचारप्रचार गरी अझै स्वदेशी तथा विदेशीलाई भित्राउन सकेमा पर्यटक उद्योग फस्टाउने थियो । यहाँ रोजगारीको सम्भावना विस्तार भएर हामी आत्मनिर्भर बन्न सक्ने थियौ । 


 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.