bardiyahospital

बालविवाहको मुद्दामा ६ जनालाई कैद सजाय

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दिया जिल्ला अदालतले पाँच ओटा बालविवाहको मुद्दामा ६ जनालाई कैद सजायको फैसला गरेको छ ।  अदालतले दुई आर्थिक वर्षमा पाँच वटा बालविवाहको मुद्दामा छ जनालाई कैद सजायको फैसला गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय बर्दियाले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष ०८१/८२ मा आठ ओटा बालविवाहको मुद्दामा १० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । जसमध्ये पाँच ओटा मुद्दामा ६ जनालाई कैद सजायको फैसला भएको छ । एक ओटा मुद्दामा दुई जनालाई सफाइ दिएको छ र दुई जना प्रतिवादी रहेको दुई ओटा मुद्दाको फैसला हुन बाँकी रहेको जिल्ला अदालतले जनाएको छ । 

cld

नेपालको कानुनले बालविवाहलाई मान्यता दिएको छैन् । मुलुकी अपराध संहिता, २०७४ अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनिएको छ । कानुन विपरित गरिएको विवाह स्वतः बदर हुने र कानुन विपरित कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.