bardiyahospital

आजकल म सङ्घर्ष गर्दैछु

कविता

Geruwa GIF

डाक्टर  विजय ज्ञवाली 

सबैले गुलाफ राम्रो भन्छन्

मलाई त्यो काँडा भएको झाडी जस्तो लाग्छ

फुल त राम्रो धतुरोको

कम से कम मात त लाग्छ

मोनालिसाको अनुहारमा भाव देख्नेहरू

खोइ के देख्छन्

ताज महललाई प्रेमको प्रतीक मान्नेहरू

खोइ के सोच्छन् 

मलाई त यि सबै भ्रम जस्तो लाग्छ

हिमाल मुस्कुराउँछ भन्छन् अरु

म होला त नि भनी हो भनी दिन्छु

नदी सुसाउँछ छ रे भन्छन् अरु

म हो मा हो मिलाई दिन्छु

आजकल नबुझे पनि बुझे जस्तो गर्न

म गमक्क फुलेर टाउको हल्लाउँछु ।

आफूलाई खित्का छोडी हाँस्न  मन लागेको ठाउँमा

ताल परे म आजकल आशु बगाउँछु

किनकी ,

आजकल म सङ्घर्ष गर्दैछु

मान्छे बाट भेडो बन्नलाई

बोल्न त मैले अस्ति नै छोडिसके

अब सिङ मात्र उम्रिन बाँकी छ ।

लेखकः– मनोविज्ञ तथा थेरापिस्ट हुनुहुन्छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.