bardiyahospital

बाढी प्रभावित परिवारलाई राहत वितरण

Geruwa GIF

कृष्णसार अनलाइन  । ठाकुरबाबा नगरपालिकाले बाढी प्रभावित भएका परिवारलाई राहत वितरण सुरु गरेको छ । बिहीबार राती आएको बाढीबाट प्रभावित भएका परिवारलाई राहत वितरण सुरु गरेको हो ।

 बिहीवार साँझ र राति गिठेनाला र ओरही नदिबाट आएको बाढीबाट ठाकुरबाबा नगरपालिका वडा नं. ६, ७ र ८ का ६ सय घरधुरी प्रभावित भएका थियो । पालिकाले राहत वितरणमा एकरूपता ल्याउन पालिका स्तरीय विपत शाखाबाट राहत वितरण गर्ने निर्णय गरेको थियो ।

cld

बाढीबाट अति प्रभावित घरधुरीलाई परिवार सेल्टर किट, हाइजिन किट, सोलार किट, पानी किट, र भान्साकिट सहितको गैरखाद्य राहत सामाग्री वितरण गरिएको नगर उपप्रमुख बिना भट्टराईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज मात्र प्राकृतिक विपत बाढीबाट प्रभावित भएका एक सय १९ परिवारलाई राहत वितरण गरिएको छ । बाँकी रहनु भएका बाढी प्रभावितलाई पनि पालिकाले सहयोग गर्नेछ ।’

पालिकाभित्र विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका संघसंस्थाले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न राहत सामाग्री पालिकालाई हस्तान्तरण समेत गरेका छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.