bardiyahospital

‘आफ्नो सुरक्षा आफैं गरौँ ’ भन्दै रातभर गस्ती

Geruwa GIF

ज्ञानेन्द्रराज पोखरेल, मैनापोखर । बढैयाताल गाउँपालिकाका स्थानीयले ‘आफ्नो सुरक्षा आफैं गरौँ ’ भन्दै रातभर गस्ती गर्ने गरेको पाइएको छ । पालिका भित्रका  मैनापोखर, भोलागौडी, सिमरा लगायतका स्थानमा स्थानीयले रातभर गस्ती गर्ने गरेको पाइएको हो । 

देशको पछिल्लो बदलिदो परिस्थितिमा अराजक व्यक्ति तथा समुहबाट गाउँ समाजमा चोरी, डकैती, लुटपाट, आगजनी व्यक्ति माथि आक्रमण गतिविधि बढ्न सक्ने भन्दै स्थानीयले रातभर गस्ती गर्ने गरेको छन् । 

cld

जेनजी आन्दोलन पछि स्थानीय समुदायमा त्रास फैलिएको छ । व्यापारी, उद्योगी राजनीतिक नेता कार्यकर्तामा त्रसित बनेको छन् । भदौ २५ गतेबाट नै पालिका भित्रका महत्वपूर्ण स्थानमा गस्ती गर्न थालिएको स्थानीय प्रेमराज  त्रिपाठीले बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.