bardiyahospital

एक लाख घुस सहित लेखा अधिकृत पक्राउ

Geruwa GIF

कृष्णसार अनलाइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई एक लाख घुस सहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत टंक बहादुर कार्कीलाई एक लाख घुस सहित घुस सहित पक्राउ गरेको हो । 

पालिकामा सातौ तह कार्यरत लेखा अधिकृत  कार्कीलाई  सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस बापतको एक लाख लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको संयुक्त टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । 

cld

असोज २ गते  संयुक्त टोलीले  लेखा अधिकृत कार्कीलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस  लिइसकेको अवस्थामा नगद  रकम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका, ९ मंगलगडी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.