
काठमाडौँ । १४ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले धादिङ बेनीघाट रोराङ गाउँपालिका– ३ का ३२ वर्षीय जगत कोइरालालाई पक्राउ गरेको हो ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । यस बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


