
कृष्णसार अनलाइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा दुई महिनामा एक सय पाँच वटा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा बाँके, बर्दिया, दाङ र रोल्पाबाट गरी दुई महिनामा एक सय पाँच वटा उजुरी परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क नेपालगञ्जमा साउन महिनामा ५५ वटा उजुरी परेको छ । जसमध्ये इमेलबाट १९, लिखित १२, टेलिफोनबाट १ र हुलाक कार्यालयबाट २३ वटा उजुरी परेको छ । भने भदौ महिनामा ५० वटा उजुरी परेको छ । जसमध्ये इमेलबाट ९, लिखित १३, टेलिफोनबाट ३ र हुलाक कार्यालयबाट २४ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा परेको उजुरी हेर्दा सबैभन्दा बढी उजुरी हुलाक कार्यालय मार्फत पर्ने गरेको छ । पछिल्लो समय देशमा भ्रष्टाचार बढेको भन्दै जेनजी समूहले भदौ २३ र २४ गते आन्दोलन समेत गरेको छ ।


