
प्रकाश पौडेल, गुलरिया । बर्दियामा गोहीको आक्रमणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका –४ राजीपुरका २५ वर्षीय विवश थारू अझै फेला परेको छैन् ।
सोमबार दिउँसो ३ बजेतिर गेरुवा नदीमा भैँसीलाई पानी खुवाउन गएका थारूलाई मगर गोहीको आक्रमण गरेपछि थारू नदीमा खसेका थिए । नदीमा खसे लगतै बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा थारूलाई दिनभर खोजेका थिए । नदीमा खसेका थारूको लगातार तीनदेखि लगातार खोजी भइरहेको छ । निकुञ्जले थारूलाई खोज्नका लागि दुई वटा हात्ती, दुईवटा राफ्टिङ सहित नेपाली सेना, राष्ट्रिय निकुञ्जको कर्मचारी परिचालन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताउनु भयो ।

यसअघि मधुवन नगरपालिका, १ कैलाशीका १९ वर्षीय रूपमिलन थारूको गोहीको आक्रमणबाट मृत्यु भएको थियो । थारू साउन १९ गते ठाकुरबाबा नगरपालिका, ९ हात्तीसार नजिकको खौराहा खोलामा पौडी खेल्न जाँदा गोहीले आक्रमण गरी बेपत्ता पारेको थियो । भने थारूको शव घटना स्थलबाट करिब एक किलोमिटर अगाडि साउन २५ गते फेला परेको थियो । निकुञ्जले नदीमा गोही रहेकोले हुँदा नदीमा नजान पटक पटक आग्रह समेत गर्दै आएको छ ।


