bardiyahospital

बर्दियामा तामे सालकको खपटा आखेटोपहार सहित एकजना पक्राउ

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियामा संरक्षित वन्यजन्तु तामे सालकको खपटा आखेटोपहार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । संरक्षित वन्यजन्तु सालकको खपटा आखेटोपहार सहित गुलरिया नगरपालिका, ५ बालापुरमा ४७ वर्षीय किशोरीलाल थारूलाई प्रहरीले पक्राउ गरेको हो ।

थारूले आफ्नो घरकोठामा संरक्षित वन्यजन्तु सालकको खपटा लुकाई छिपाई राखेको छन भन्ने विशेष सूचनाको आधारमा प्रहरीले थारूको घरको खानतलासी गर्दा आखेटोपहार फेला परेको प्रहरीले जनाएको छ । थारूको घरभित्रबाट ३ किलो ९९० ग्राम भएको सालक जातको खपटा आखेटोपहार सहित थारूलाई पक्राउ गरि आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बर्दियामा पठाइएको प्रहरी नायब उपरीक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो । 

cld

नेपालमा पाइने तामे सालक सङ्कटापन्न र कालो सालक अति सङ्कटापन्न प्रजातिमा पर्छन् । सालकको खपटा आखेटोपहारको अन्तर्राष्ट्रिय बजारमा अवैध व्यापार हुने गरेको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.