bardiyahospital

सडक दुर्घटनामा परी एक सय ४८ जनाको मृत्यु 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा सडक परी दुर्घटना एक सय ४८ जनाको मृत्यु भएको छ । बर्दियामा चार वर्ष तीन महिनामा सडक दुर्घटनामा परी एक सय ४८ जनाको मृत्यु भएको हो । 

सडक दुर्घटनामा परी मर्नेको सङ्ख्या बढ्दै गएपछि सडक सुरक्षा समेत चुनौती पूर्ण बन्दै गएको छ । क्षमता भन्दा बढी यात्री बोक्ने, तिव्र गतिमा सवारी साधन चलाउने यात्रु बाहक गाडीको बीचमा हुने अस्वस्थ प्रतिस्पर्धा मादक पदार्थ र  लागूऔषधको कारण सडक दुर्घटना बढिरहेको छ । अझै विशेष गरी ठूला सवारी साधनले हेड लाइट डाउन नगर्ने जस्ता कारणबाट सवारी दुर्घटना बढ्दै गएको छ । भने सडक सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको  ऐन, नियम, निर्देशिका तथा कार्य योजनाहरूको प्रभावकारी कार्यान्वयन पक्ष फितलो हुँदा सडक दुर्घटनामा कमी आउन सकेको छैन् । 

cld

बर्दियामा सडक दुर्घटनामा परी चालु आर्थिक वर्ष २०८२÷०८३ को असोज १० गतेसम्म सडक दुर्घटनामा ५ जनाको,  गत आर्थिक वर्ष २०८१÷०८२ मा परी ३८ जनाको आर्थिक वर्ष २०८०÷ ०८१ मा २६ जनाको , आर्थिक वर्ष  २०७९÷०८० मा ३३ जनाको र आर्थिक वर्ष २०७८÷०७९ मा ४६ जनाको मृत्यु भएको भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरिक्षक तथा सूचना अधिकारी महेन्द्रसिंह भण्डारीले बताउनु भयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी निरीक्षक सुधीर कुमार खड्काले ट्राफिक प्रहरीले सडक दुर्घटना रोक्नमा चेकजाँच तथा सचेतना मूलक कार्यक्रम गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सडकमा यात्रा गर्ने पैदाल यात्री र सवारी चालकले ट्राफिक नियमको पालना गर्दा मात्र पनि सडक दुर्घटना कम गर्न सकिन्छ ।  चाडपर्वमा यात्रा गर्दा यात्रुहरूलाई सहज होस भनी यात्रु सहायता कक्ष बस पार्कमा राखिएको छ ।’ 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.