bardiyahospital

प्रजनन केन्द्रमा रहेका घडियाल गोहीलाई खोलामा छोडियो

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रका घडियाल गोहीलाई गेरुवा भँगालोको खौरा खोलामा छोडिएको छ। बिहीबार गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोहीलाई गेरुवाको भँगालोको खौरा खोलामा छोडिएको हो ।

घडियाल गोही सफा पानीमा बस्छ भने गोहीले मानिसलाई आक्रमण गर्दैन र गोहीले माछा मात्र खाने गर्छ। पछिल्लो समय मानवीय गतिविधि, खोला प्रदूषण, नदी उत्खनन, खोलामा अतिक्रमण, माछा मार्न  प्रयोग  हुने जाल र बल्छीका कारण  घडियाल गोहीको अस्तित्व सङ्कटमा पर्न थालेको छ।

cld

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरन घले, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक राम लगायतको टोलीले प्रजनन केन्द्रमा रहेको  गोहीलाई गेरुवा भँगालोको खौरा खोलामा लगेर छोडिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘निकुञ्जभित्र रहेको कट्टासमा लगेर १० वटा घडियाल गोही छोडिएको हो।  जसमा पाँचवटा भाले र पाँचवटा पोथी गोही रहेका छन् ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.