bardiyahospital

बर्दियामा बढ्दो सडक दुर्घटना, चुनौतीपूर्ण बन्दै सडक सुरक्षा

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा सडक दुर्घटनाको सङ्ख्या बढेसँगै सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ ।  सडकको विस्तार तथा विकास र सवारीसाधनको बढ्दो प्रयोगसँगसँगै सडक दुर्घटनाको  सङ्ख्या बढेपछि सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । 

यात्रुवाहक सवारीसाधनको अस्वस्थ प्रतिस्पर्धा, तीव्र गतिमा चल्ने साना तथा ठूला सवारी साधन, क्षमताभन्दा बढी यात्रु बोक्नु, ट्राफिक नियमको पालना नगर्नु र ट्राफिक नियमबारे जानकारी नहुने कारणले गर्दा सडक दुर्घटना बढ्दै गएको छ ।

cld

जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क हेर्दा सवारीसाधनको दुर्घटना बढ्दै गएको देखिन्छ । सडक दुर्घटनामा परी चालू आर्थिक वर्ष ०८२/८३ को मंसिर १२ गतेसम्म  सडक दुर्घटनामा १५ जनाको मृत्यु, २४० जना शक्त घाइते, २८९ जना सामान्य घाइते भएको छन् । गत आर्थिक वर्ष ०८१/८२ मा परी ३८ जनाको मृत्यु, ७५ जना शक्त घाइते, ६८३ जना सामान्य घाइते भएका थिए । 

त्यसैगरी, आर्थिक वर्ष ०८०/८१ मा २६  जनाको मृत्यु, ६२ जना शक्त घाइते, ३७ जना सामान्य घाइते भएका थिए भने आर्थिक वर्ष  ०७९/८० मा ३३ जनाको मृत्यु, ७२ जना शक्त घाइते, १९ जना सामान्य घाइते भएको  जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी राघवसिंह राठौर जानकारी दिनुभयो ।

 ‘सडक दुर्घटना विभिन्न कारणले हुन सक्छ । सडक दुर्घटना कम गर्न यात्री र सवारीचालक नै बढी सचेत हुनुपर्छ । सडक यात्री र सवारीचालकलाई ट्राफिक चिह्नको ज्ञान हुनुको साथै ज्ञानको सही सदुपयोग हुनुपर्छ ।’  उहाँले भन्नुभयो,  ‘अहिले बनेका नयाँ  सडक गति सीमितको बोर्ड र ट्राफिक चिह्नहरू राखिएका  छैनन् भने सडकमा यात्रा गर्दा सवारीचालकले मापसे गरेर सवारी चलाउने गर्ने हुँदा पनि सवारी दुर्घटना बढेको छ।’

सवारी दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरी परिचालन गरेर ट्राफिक चिह्नको प्रयोग, सडक यात्रा गर्दा ध्यान दिनुपर्ने बारेमा विद्यालयमा सडकमा यात्रा गरिरहेका यात्रुहरूलाई सचेतनामूलक कार्यक्रममार्फत सडक सुरक्षाबारे बताउँदै  आएको  उहाँले जानकारी दिनुभयो । र भन्नुभयो, ‘ ‘पर्याप्त मात्रामा ट्राफिक प्रहरी नहुनु र  ट्राफिक प्रहरीसँगै  गाडीको गति नाप्ने राडार गन र मादक पदार्थ नाप्ने मेसिनको अभाव रहेको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.