
कृष्णसार अनलाइन । बर्दियामा ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जबरजस्ती करणीको गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका, ७ सिउनियाका ३२ वर्षीय प्रशान्त कार्कीलाई पक्राउ गरेको छ ।
६७ वर्षीया महिलालाई मंगलबार जबरजस्ती गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय बानियाँभारमा उजुरी दिएको थियो । उजुरीको आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।



