bardiyahospital

 लागू औषधको कसुरमा दुईजना भारतीय नागरिकलाई कैद सजाय

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दिया  जिल्ला अदालतले लागू औषधको कसुरमा दुईजना भारतीय नागरिकलाई ५ वर्ष कैद सजायको फैसला  गरेको छ । बर्दिया जिल्ला अदालतले बुधबार लागू औषधको कसुरमा भारतको साजाहानपुर जिल्ला निमोहिठानका २७ वर्षीय अमृतसिंह पाल र लखिमपुर खिरी जिल्ला तिकुनियामा ३६ वर्षीय गुरुपाल सिंहलाई ५ वर्षको कैद सजायको फैसला गरेको हो । 

 न्यायाधीश डल्लुराम चौधरीको मंसिर २४ गते इजलासले लागू औषधको कसुरमा दुवैजनालाई जनही ५ वर्ष कैद, पाँच हजार जरिवाना र एक हजार क्षतिपूर्तिको फैसला गरेको अदालतका श्रेस्तेदार कमल घलेले जानकारी दिए ।  प्रहरीले असार १० गते ३ ग्राम ३०० मिलिग्राम लागू औषध अफिम सहित दुवैजनालाई राजापुर नगरपालिका ४ बाट पक्राउ गरेको थियो । अदालतमा जिल्ला सरकारी वकिल कार्यालय बर्दियाले साउन २२ गते लागू औषध ( अफिम ) को अभियोगमा मुद्दा दर्ता गरेको थियो ।  

online dubble sclaed
Leave A Reply

Your email address will not be published.