bardiyahospital

स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको बढैयाताल गाउँपालिका, ८ कण्ठपुरमा रहेको  विद्या ज्योती नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा रहेको विद्यालयले जनाएको छ ।

विद्यालयको ५० औँ वार्षिक उत्सवमा अवसर पारेर विद्यालयले गर्न लागेको छ । विद्यालयले वार्षिक उत्सवमा विभिन्न रचनात्मक र विद्यार्थीका प्रतिभाहरूलाई उर्जागर गर्ने गरी कार्यक्रम मनाउने तयारी गरेको छ ।
कण्ठपुरले ५० औँ स्वर्ण महोत्सवको तयारी तिव्र पारेको छ । विद्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दे स्वर्ण महोत्सवको अवसरमा आगामी १८ गते सम्म गर्ने कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
विद्यालयका प्रधानध्यापक भक्तिसागर  रेग्मीले विद्यालयको स्वर्ण महोत्सवलाई  भब्य बनाउन खोजिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ वार्षिक उत्सवको अवसरमा पुष ४ गते आधारभुत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, ६ देखि ८ गते सम्म माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता, ९ गते माध्यमिक विद्यालय स्तरको हाजिरी जवाफ प्रतियोगिता गर्ने भएका छौ । भने  १० गते देखि १३ गते सम्म विद्यालयका आन्तरिक खेलकुद प्रतियोगिता, १४ गते सांस्कृतिक कार्यक्रम, १५ गते स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र खाद्य महोत्सव सञ्चालन हुने छ । पौष १६ गते पूर्व विद्यालय व्यवस्थापन समिति पूर्व विद्यार्थी मिलन तथा वृहत अभिभावक भेला तथा अनुभव आदान प्रदान कार्यक्रम, विद्यालयको ऐतिहासिकताको प्रस्तुति र सम्मान पत्र वितरण कार्यक्रम हुने छ ।’ 

cld

त्यसैगरी विद्यालयमा १७ गते मूल स्वर्ण महोत्सव समारोह समुद्घाटन, स्वर्ण स्तम्भ र सरस्वती मन्दिर अनावरण, स्वर्ण स्मारिका विमोचन र दाताहरूलाई सम्मान लगाएत कार्यक्रम गरिने विद्यालयले जनाएको छ  । भने पुष १८ गते ५१ औँ वार्षिकोत्सव कार्यक्रम, सम्मान पत्र तथा विविध पुरस्कार वितरण कार्यक्रम तय गरिएको छ । 

विद्यालयको महोत्सवलाई सफल बनाउन पालिका लगायत अभिभावक, पूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, समाजसेवी दाताहरूको सहयोगमा महोत्सव हुने विद्यालयका अध्यक्ष बसन्त सिंह ठकुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयका विद्यार्थीका अक्षयकोष समेत रहेको छ । त्यसका सहयोग गर्न आउने दाताहरू अझै धेरै हुनुहुन्छ ।’

विद्यालयमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी रामचन्द्र थापाले दुई लाख ५ हजार रुपैयाँ र विद्यालयका प्रधानाध्यपकले एक लाख २१  हजार रुपैयाँ, विद्यालयकी शिक्षिका राधा तिवारी सहित उहाँका दिदी बहिनीले एक लाख पाँच हजार ५५ रुपैयाँ र विद्यालयको शिक्षकको तर्फबाट चार लाख ५० हजार रुपैयाँ अक्षयकोष स्थापनाका लागि दिनुभएको छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.