
कृष्णसार अनलाइन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा ४ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जागृति महिला सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका, १ मा रहेको जागृति महिला सामुदायिक वनले भवन निर्माणको काममा कम खर्च हुँदा पनि व्यक्तिगत स्वार्थ पुरा गर्न बढी बिलभर्पाई बनाएको भन्दै अख्तियारले चार जना विरुद्ध विशेष अदालतमा मुद्दा गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जागृति महिला सामुदायिक वनको अध्यक्ष मिनाकुमारी चौधरी, सचिव जानकीकुमारी चौधरी कोषाध्यक्ष निलम कुमारी थारू र लेखापरीक्षक तनुकलाल चौधरी विरुद्ध विशेष अदालतमा अभियोग पत्र दर्ता गरेको छ । अख्तियारले भष्ट्राचार ऐन २०५९ अनुसार बिगो ५ लाख १५ हजार ३०२ रुपैयाँ र कैद सजायको माग दाबी सहित सजायको माग गरेको छ ।


