
कृष्णसार अनलाइन । बर्दियाको गुलरियामा हुने कृषि, पर्यटन उद्योग व्यापार तथा वृहत सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा रहेको छ । गुलरियामा माघ २६ गतेबाट हुने कृषि, पर्यटन उद्योग व्यापार तथा वृहत सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको हो ।
गुलरिया नगरपालिका, ४ कैलाशनगरमा निर्माणाधीन अवस्था रहेको शिव शक्ति बुढानीलकण्ठ मन्दिर निर्माण गर्नका लागि कृष्णसार जनचेतना युवा स्पोर्ट्स क्लबसँग मिलेर महोत्सव गर्ने थालिएको महोत्सव सञ्चालन समितिको संयोजक राजु भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘महोत्सव सञ्चालन गरेर बचेको पैसा मन्दिर निर्माणका लागि खर्च गरिनेछ ।’

कृष्णसार जनचेतना युवा स्पोर्ट्स क्लबका अध्यक्ष सिद्धान्त खनालले महोत्सवमा एक सय वटा स्टल रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, महोत्सव हेर्न आउने विद्यार्थीलाई टिकटमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छौँ ।’
गुलरिया बसपार्क नजिक हुने महोत्सवमा तयारी करिब करिब पूरा भएको छ । माघ २६ गतेदेखि फागुन ७ गतेसम्म हुने महोत्सव राष्ट्रिय र स्थानीय कलाकार प्रस्तुति रहनेछ ।


