bardiyahospital

बर्दिया राष्ट्रिय निकुञ्जले स्वर्ण उत्सव मनाउने तयारी गर्दै

Geruwa GIF

कृष्णसार अनलाइन । निकुञ्ज स्थापना भएको ५० औं वर्ष पूरा भएको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्जले स्वर्ण उत्सव मनाउने तयारी गरेको छ ।आगामी चैत २७ गते निकुञ्जको ५० औं स्थापना दिवसलाई मनाउन निकुञ्जले एक मुल समिति १२ वटा उपसमिति गठन गरेको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामको नेतृत्वमा मूल समिति गठन भएको निकुञ्जको कार्यालयले जनाएको छ ।

cld

स्वर्ण उत्सवलाई भव्य रुपमा सम्पन्न गराउन स्मारिका प्रकाशन उपसमिति, प्रचारप्रसार उपसमिति,अतिथि उपसमिति,साँस्कृतिक कार्यक्रम उपसमिति, स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ ।त्यसैगरी मञ्च व्यवस्थापन उपसमिति, खेल सञ्चालन तथा व्यवस्थापन उपसमिति, पुरस्कार तथा सम्मान उपसमिति, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन समिति गठन गरिएको छ । भने आर्थिक उपसमिति, स्मारक निर्माण उपसमिति र प्राथमिक उपसमिति गठन भएको निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी सरोजमणी पौडेलले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.