bardiyahospital

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पछाई पक्राउ 

Geruwa GIF

 कृष्णसार । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले नवलपरासीको पूर्व देवचुली नगरपालिका, ११ कि ३१ वर्षीया ममता पछाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

नवलपरासी घर भएकी काठमाडौँ तारकेश्वर नगरपालिका, ७ थापागाउँ बस्ने आएकी पछाइले एक महिलालाई घरेलु कामदारको रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाई राखिएको भन्ने सूचनाका आधारमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदूतावाससँग समन्वय गरी निज महिलाको उद्धार गरी गरेको प्रहरीले जनाएको छ ।

cld

 महिलालाई कुवेतबाट उद्धार गरी उहाँलाई कुवेत पठाउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पछाईलाई थापागाउँबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा पछाइले सामाजिक संजाल फेसबुक, ह्वाट्सएप लगायतका अनलाइन मार्फतबाट कुराकानी गरेर आकर्षक तलब सुविधामा घरेलु कामदारको रूपमा कुवेत पठाई दिने भनी विभिन्न स्थानहरूबाट महिलाहरूलाई काठमाडौँ बोलाएको पाइएको प्रहरीले जनाएको छ । 

काठमाडौँ आएका महिलाहरूलाई थापागाउँ रहेको कोठा भाडामा लिई सम्पर्कमा आएका ९ जना महिलाहरूलाई कुवेत पठाउने तयारीमा रहेका ९ जना पीडित महिलाहरूलाई प्रहरीले उद्धार गरेको छ । पछाईलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल काठमाडौँ पठाईएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.