bardiyahospital

रसुवामा बाढी : २८ प्रहरी अझै सम्पर्क विहीन 

Geruwa GIF

कृष्णसार अनलाइन । रसुवामा आएको बाढीपछि सम्पर्क विहीन भएका ६४ जना मध्ये ३६ जना प्रहरी सम्पर्कमा आएका छन् । 

अझै पनि २८ जना प्रहरी सम्पर्क विहीन अवस्थामा रहेका छन । इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना प्रहरी कर्मचारी सम्पर्कमा आएका छन्। त्यहाँ अझै १० जना सम्पर्क विहीन रहेका छन् । त्यसैगरी प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये एक जना सम्पर्कमा आएको र ८ जना सम्पर्क विहीन रहेका छन् । भने प्रहरी चौकी स्याफ्रुबेंसीका कार्यरत ८ जनामध्ये ५ जना सम्पर्कमा आएको ३ जना सम्पर्क रहेको विहीन नेपाल प्रहरी जनाएको छ । 

cld

प्रहरीका अनुसार अस्थायी प्रहरी पोस्ट मैलुङमा कार्यरत ८ जनामध्ये ३ जना सम्पर्कमा आएको र ५ जना सम्पर्कविहीन रहेका छन् । त्यसैगरी प्रहरी चौकी बेत्रावतीमा कार्यरत १० जनामध्ये २ जना सम्पर्कमा आएको र ८ जना सम्पर्क विहीन रहेका छन् । भने प्रहरी चौकी हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएको र एक जना अझै सम्पर्क विहीन रहेको छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.