bardiyahospital

रसुवा बाढी : बर्दियाबाट गएका चार जनाको उद्धार

Geruwa GIF

 कृष्णसार अनलाइन । रसुवामा आएको बाढीपछि बर्दियाबाट कामको सिलसिलामा गएका चार जनाको उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले बर्दियाका नरेश थारू, नन्दलाल घर्ती, अञ्जु घर्ती, पुरुषोत्तम शर्मा र सुरमनी वलीको उद्धार गरेको जनाएको हो। 

बर्दियाबाट रोजगारीका लागि रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा कति जना गएका थिए भन्ने यकिन विवरण अझै खुल्न सकेको छैन। कामको सिलसिलामा जानेहरूको लगत सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया तथा स्थानीय तहले काम अघि बढाएका छन्। 

cld

जिल्ला विपद् व्यवस्थापन समितिमा परिवार, आफन्त तथा स्थानीय तहबाट प्राप्त विवरणका आधारमा ९० जना सम्पर्कविहीन रहेको विवरण सङ्कलन गरिएको छ। सम्पर्कमा नआएका व्यक्तिको विवरण अद्यावधिक गर्ने उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने काम जिल्ला विपद् व्यवस्थापन समितिले गरिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले जानकारी दिनुभयो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.