
कृष्णसार अनलाइन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परेर मृत्यु भएका तीन सय ८९ जनाको शव फेला परेको छ। त्यसैगरी बाढीमा परेर नौ सय ७७ जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा धेरै चितवनमा एक सय ३७ जनाको शव फेला परेको छ। यस्तै धादिङमा ३३, नवलपरासी पूर्वमा ८७ , नवलपरासी पश्चिममा २७, गोरखामा ३२ , नुवाकोटमा २८ , तनहुँमा २८ र रसुवामा १७ जनाको शव फेला परेको छ।

प्राधिकरणले हालसम्म नौ सय ७७ जना बेपत्ता भएको विवरण प्राप्त भएको जनाएको छ । विदेशी पर्यटक ५१७ जना, विदेशमा बस्ने नेपाल घुम्न आएका नेपाली एक सय २७ जना, मकवानपुरका ६६ जना, नेपाल प्रहरीका २८ जना , नेपाली सेनाका ४४ जना, सशस्त्र प्रहरीका १३ जना , भन्सार कार्यालयका १५ जना, रसुवाबाट एक सय ६१ जना, अध्यागमन कार्यालयका ४ जना र नुवाकोटबाट १ जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ


