bardiyahospital

महाधिवेशन सम्बोधनका लागि केपी ओली बर्दिया आउँदै

महाधिवेशनको तयारी तीव्र

Geruwa GIF

बर्दिया । नेपाल भुमिहीन सुकुम्बासी संगठनको प्रथम केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारिएको छ । बर्दियाको गुलरियामा आयोजना हुने संगठनको प्रथम केन्द्रीय महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले चैत्र २४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ रहेको छ ।


महाधिवेशनको प्रचार प्रसारका लागि नेपाल भुमिहीन सुकुम्बासी संगठन बर्दिया भुमिहीन सुकुम्बासीहरुको घरदैलोमा पुगेको छ । जिल्लामा रहेका भुमिहीन सुकुम्बासीहरुको बाहुल्यता रहेको गाउँ र फाँटाहरुमा निमन्त्रणा कार्ड पठाईएको छ । भुमिहीन र सुकुम्बासीहरुको व्याप्त समस्या रहेको बर्दिया जिल्लामा उनीहरुको सवाललाई उठान गर्नका लागि बर्दिया जिल्लामा नै प्रथम महाधिवेशन आयोजना गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुल समितिका संयोजक लक्ष्मणराज ज्ञावलीले कृष्णसार अनलाईनलाई बताउनु भयो ।

cld

महाधिवेशन उद्घाटनका लागि अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली आउने भएपछि नेकपा एमाले जिल्ला कमिटी बर्दियाले तयारीलाई तीव्र बनाएको छ । अधिवेशनलाई सफल बनाउन गठित विभिन्न समिति र उपसमितिले पनि आ आफ्नो कार्यलाई अगाडी बढाएको नेकपा एमालेका जिल्ला सचिव पदम ढकालको भनाई छ । अधिवेशनमा १५ हजार जना बढी सहभागी हुने नेकपा एमालेका केन्द्रीय सदस्य एवं बर्दिया जिल्लाका इन्चार्ज ज्ञावलीले दावी गर्नुभयो । देशभरबाट नेपाल भुमिहीन सुकुम्बासी संगठनका छ सय जना प्रतिनिधिहरुको उपस्थिति रहने इन्चार्ज ज्ञावलीले बताउनु भयो ।

साथै सोही दिन विभिन्न पार्टी परित्याग गरी एक हजार बढी नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको उहाँले बताउनु भयो । महाधिवेशन उद्घाटन सभा गुलरिया स्थित आँप बगियामा हुने छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.