Division forest_Ads
Barista_Training

बर्दियाका १२ विद्यालयका ३ सय ६४ बालिकालाई सहयोग

Geruwa GIF

गुलरिया ।

बर्दियाको बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकाका १२ ओटा विद्यालयमा ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठि (रेष्ट)ले सञ्चालन गरेको बालिका सहयोग कार्यक्रमले तिन सय ६४ बालिकाहरुलाई सहयोग गरेको छ ।

रेष्टले आर्थिक अवस्था कमजोर भएर विद्यालय छोड्ने अवस्थामा पुगेका बालिकाहरुलाई विद्यालयमा कपी किताब, ड्रेस, लगाएतका खर्च दिएर विद्यालय मै टिकाइराख्ने काम गरेको छ । अमेरीकन हिमालय फाउण्डेशनको आर्थिक सहयोगमा बालिका सहयोग कार्यक्रम सञ्चालन भएको हो ।

Basgadhi PSA_final


तिनसय ६४ जना बालिकाहरु मध्ये २ सय ९५ जनालाई हरेक बर्ष किताव कपि कलम सँग सँगै ड्रेस, सिलाई ज्याला, अतिरिक्त पुस्तक अतिरिक्त कक्षा, अभिभावक सहयोग दिईएको छ । त्यसैगरी ६९ जनालाई सम्पर्कको लागि ६ सय स्वीटरको लागि एक हजार कोठाभाडा, विद्यालय पोसाक किताब र स्टेशनरी सामाग्री दिईएको रेष्ट नेपालका आयुष ढकालले बताउनु भयो । बर्दियाको गुलरियामा आयोजना गरीएको परियोजना सल्लाहकार समितिको बैठकमा उहाँले विद्यालय उमेरका जोखिम अवस्थामा रहेका बालिकाहरु छनौट गरी सहयोग गरीएको बताउनु भयो । बर्दिया र बाँकेमा ५१ लाखको लगानीमा २०७६ साल देखि कार्यक्रम भईरहेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएको कारणले विद्यालय छोड्ने अवस्थामा पुगेका बालबालिकालाई सहयोगका लागि विद्यालय र वडा कार्यालयले सिफारीस गरेपछि घर सम्म पुगेर छनौट गर्ने गरेको ढकालले बताउनु भयो । बालबालिकाहरुलाई शिक्षाको अधिकार सुनिश्चित गरी बालविवाह तथा लैङ्गिक हिंसा, चेलीबेटी बेचविखन, बालश्रम शोषण र असुरक्षित आप्रवास न्यनुनीकरण गर्ने उद्देश्य रहेको ढकालले बताउनु भयो ।

गुलरियाको राधाकृष्ण थारु माध्यमिक विद्यालयमा २०६३ साल देखि बालिकालाई सहयोग गर्दै आएको छ । बर्दियाका अरु विद्यालयमा २०६७ साल देखि कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल बर्दियामा बालिका सहयोगका लागि ५ बर्षे कार्यक्रम सञ्चालनमा रहेको र अझै दुई बर्षे कार्यकाल बाँकी रहेको रेष्टकी कोषाध्यक्ष सानुबाबा घिमिरेले बताउनु भयो । उहाँले सहयोगी संस्थाबाट आएको कार्यक्रम सकिएपनि जोखिममा रहेका बालबालिकाहरुलाई सहयोगलाई निरन्तरता दिने उद्दे्रश्य रहेको बताउनु भयो । उहाँका अनुसार २०४९ सालमा स्थापना भएको रेष्ट नेपालले हाल सम्म २५ हजार बालबालिकाहरुलाई पढाईका लागि सहयोग गरीरहेको छ ।
गुलरियाको राधाकृष्ण थारु माध्यमिक विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले अरु संस्थाहरु भन्दा दिगो रुपमा बालिकाहरुलाई सहयोग गरेको बताउनु भयो । घरपरिवारले पढाउन नसकेका बालिकाहरुलाई यस संस्था पढाईरहेको उहाँले बताउनु भयो ।

बारबर्दिया नगरपालिका ५ कि अभिभावक शिला नेपालीले संस्थाले माइतीको भुमिका खेलेको बताईन् । बल्छिले माछा मारेर छोरी पढाईरहेको बेलामा संस्थाले सहयोग गरेको बताउँदै अहिले छोरी पढाउन सहज भएको बताउनु भयो ।घरको आर्थिक अवस्था कमजोरी भएको कारणले पढाई छोड्ने अवस्थामा पुगेकी जनसेवा माध्यमिक विद्यालयकी रमिला चौधरी हाल सिभिल इन्जिनियरीङ्ग पढिरहेकी छन् । रेष्टले सहयोग नगरेको भए म कक्षा ६÷७ मै पढेर छोड्ने थिएँ होला अहिले इन्जिनियरीङ्ग पढिरहेकी छु ।

जिल्ला समन्वय समितिको उप प्रमुख अमिता कुमारी यादवको अध्यक्षतामा बसेको परियोजना सल्लाहकार समितिको बैठकको प्रम्ख अतिथीमा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम, विशिष्ट अतिथी जिल्ला समन्वय अधिकारी प्रकाश देवकोटा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रेविका आमात्य, प्रहरी नायव उपरीक्षक सुर्यप्रकाश सुवेदी, बारबर्दिया नगरपालिका ५ नं वडाका वडाध्यक्ष लालबहादुर थारु र गुलरिया नगरपालिका ६ नं वडाका वडाध्यक्ष सुधांसु प्रकाश शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत लोकप्रसाद ढकाल, गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिस कुमार यादव, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थीती रहेको थियो । बैठकको सञ्चालन शिक्षक जिवन अर्यालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.