bardiyahospital

बर्दियामा सबैभन्दा बढि सिकलसेलका विरामी

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया,२५ असार ।
पश्चिम तराईका थारु समुदाय देखिएको सिकल सेल र थालेसेमिया रोग बर्दियामा बढि देखिएको छ । भेरी अस्पताल बाँकेमा उपचार गराउने विरामी मध्ये सबैभन्दा बढि बर्दिया जिल्लाका विरामी बढि रहेका छन् ।उपचार गराउने विरामी मध्ये बर्दिया जिल्लाका पाँच सय ६१ जना, दाङ्गका तिन सय , कैलालीका एक सय १८ जना बाँके जिल्लाका एक सय २४ जना र सुर्खेत जिल्लाका ३१ जना रहेका छन् ।


जिल्ला स्वास्थ्य कार्यालयले सञ्चारकर्मीहरुलाई सिकलसेल तथा थालेसेमिया रोग सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाले सो कुरा जानकारी गराएको हो । बर्दिया जिल्लाका सिकलसेल एनिमिया भएका विरामीहरु बाँकेको भेरी अस्पतालमा उपचारका लागि जाने गरेका छन् । त्यसैगरी बर्दिया जिल्लामा स्वास्थ्य कार्यालय बर्दियाले एक हजार ९ सय ९२ जनामा गरेको स्क्रिनिङ्ग जाँचमा ११ प्रतिशत सिकल सेल र थालेसेमिया ४ प्रतिशतमा फेला परेको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बर्दिया जिल्लाका सबै भन्दा बढि सिकल सेल राजापुर नगरपालिकामा फेला परेको छ । राजापुर नगरपालिकामा ५ सय ५ जनाको रगत जाँच गर्दा ८० जनालाई (१६ प्रतिशत) लाई सिकलसेल फेला परेको छ । फेला परेका मध्ये १९ जना विरामी फेला परेका छन् । त्यसैगरी गेरुवा गाउँपालिकामा तिन सय ४४ जनामा रगत जाँच गरीएकोमा १४ प्रतिशतमा सिकल सेल फेला परेको छ । त्यसैगरी बाँगसढी नगरपालिकामा दुई सय २५ जना मध्ये १३ प्रतिशतमा सिकल सेल फेला परेको छ । मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा मा १० प्रतिशत, ठाकुरबाबा नगरपालिकामा ८ प्रतिशत फेला परेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

cld

गुलरिया नगरपालिकाका एक सय जना मधेशी समुदायको रगत जाँच गर्दा सिकल सेल फेला परेन भने ४ जनामा थालेसोमिया फेला परेको छ । भने बारबर्दिया नगरपालिकाका २ सय जना पहाडी समुदायको रगत जाँच गर्दा सिकलसेल र थालेसेमिया फेला परेन । यस अघि बारबर्दिया नगरपालिकाले थारु समुदायका एक देखि २९ बर्ष उमेर समुहका २० हजार थारु युवा तथा बालबालिकाहरुलाई जाँच गर्दा ११.३ प्रतिशतमा सिकलसेल फेला परेको थियो ।

थारु समुदायका युवाहरुले रगत जाँच गरेर सिकल सेल थालेसेमीया कुण्डली मिलाएर विवाह गरेमा जन्मेका सन्तानहरुमा रोग देखा नपर्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । उहाँले मलेरीया रोग हुने र लामखुट्टे पाइने स्थानमा यो रोग देखा पर्ने गरेको बताउनु भयो । वंशाणुगत रोग रहेकोले विवाह गर्न रोगी रोगी विवाह नगर्ने, जो कसैले पनि विवाह गर्दा सिकलसेल परिक्षण गरेर मात्र गर्ने विवाहको साइत मिलाउदा सिकलसेल थालेसेमिया कुण्डली मिलाउने लगाएतका विषयमा जानकारी गराई रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्णगोपाल चौधरीले बताउनु भएको छ । सिकलसेल तथा थालेसिमिया रोग नेपालमा जनस्वास्थ्य समस्याको रुपमा लिईएको छ । राज्यले यस रोग निवारणका लागि उपचार संगै सचेतनाको कार्यक्रम गर्दै आएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.