Division forest_Ads
Barista_Training

वन्यजन्तु संरक्षणमा स्थानीय सरकारले अपनत्व लिनु पर्ने

Geruwa GIF

बर्दिया । मानव बन्यजन्तु बिचको द्वन्द्व बढदै गएको अवस्थामा स्थानीय सरकारले अपनत्व लिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् स्थानीय सरकारले नीतिगत ब्यवस्था गरी अपनत्व लिनुपर्ने डिभिजन वन कार्यालय बर्दियाको आयोजनामा मानव बन्यजन्तु ब्यवस्थापनका लागि संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम बताईएको हो ।


मानव बन्यजन्तु ब्यवस्थापनका लागि सुक्ष्म अध्ययन गरी रिर्पोटको आधारमा मानव बन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रका एकिकृत बस्ति ब्यवस्थापन गर्नु पर्ने कुरामा कार्यक्रमका सहभागीहरुले जोड दिनु भएको थियो । सामुदायिक वनलाई जिविकोपार्जन सँग जोड्नु पर्ने, अति जोखिममा रहेको मानव बस्तिलाई ब्यवस्थापन, स्थानन्तरण गर्नु पर्ने, वन्यजन्तु संरक्षण सम्बन्धी सचेतना फैलाउने खालका कार्यक्रमहरु गरिनु पर्ने संचारकर्मीहरुले सुझाव दिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ समन्वय र सहकार्य सुमधुर हुनुपर्ने सहभागीहरु भनाई रहेको थियो ।

Basgadhi PSA_final

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले आर्थिक बर्ष २०७८÷०७९ मा १ सय ५१ घरधुरी परिवार प्रभावित भएकाहरुलाई ४९ लाख ५८ हजार ८८ रुपैयाँ राहत वितरण गरिएको बताउनु भएको छ । बर्दियामा २०७५ साल देखि यता वन्यजन्तुबाट १३ जनाको मृत्यु, ३४ जना घाईते, पशुधन १ सय ६९ जना, २९ वटा घरगोठको क्षति र २ सय ३४ जनाको अन्नवाली क्षति भएको छ । चालु आर्थिक बर्ष मात्र मानवीय क्षति मृत्यु ४ जना, घाईते ७ जना, पशुधन क्षति ९१ वटा, घरगोठ अन्नबाली क्षतिमा४९ वटा घरधुरी रहेको छ । कार्यालयले ७५ वटा जीवजन्तु उद्धार र ७ वटा मृत फेला पारेको जानकारी गराउनु भएको छ ।

मानव वन्यजन्तु न्युनिकरणका लागि चालु आर्थिक बर्षमा ४ जना मृतक परिवारलाई प्रति ब्यक्ति १० लाखको दरले राहत वितरण गरीएको छ । यसैगरी पीडित संग प्रदेश सरकार कार्यक्रम अन्तरगत ४ जना मृतक परिवारलाई एक एक लाख राहत र घाईते एक जनालाई २० हजार उपचार खर्च उपलब्ध गराईएको छ ।

अति जोखिम रहेका स्थानमा चालु आर्थिक बर्षमा १ हजार ५ सय ६५ मिटरमा रु २७ लाखमा बिद्युतीय तार लगाउने कार्य गरिएको छ । गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा २० /२० घरधुरीलाई सुरक्षित बाख्राको खोर निर्माणमा सहयोग, ४ वटा सामुदायिक वनमा मचान निर्माण, वन समुहको २५ हेक्टर झाडी सफाई , सय मिटर बाटो वरिपरि सरसफाई, सामुदायिक वनमा पोखरी निर्माण, २८ वटा सडक बत्ति जडान, बिद्यालयमा संरक्षणमुखी बिद्यालय कार्यक्रम, बैकल्पिक खेति तथा जडिबुटी खेती, वन्यजन्तु बीच द्वन्द्व न्युनिकरणका लागि प्रयासहरु गरिएको जानकारी गराउनु भएको छ ।

बर्दियामा २ सय ८२ वटा सामुदायिक वन २० हजार ५ सय ५४ दशमलब ०९ हेक्टरमा फैलिएको छ । उक्त सामुदायिक वनमा ५५ हजार ८ सय २० घरधुरी आवद्ध रहेका छन् ।

 

Leave A Reply

Your email address will not be published.