bardiyahospital

मधुवनमा बालविवाह रोकथाम परियोजना सुरु

Geruwa GIF

मधुवन । बर्दियाको मधुवन नगरपालिकामा बालविवाह तथा चाँडै हुने विवाह रोकथाम परियोजना सुरु भएको छ । यस अघि तिन बर्ष सम्म सञ्चालन भएको परियोजना थप दुई बर्षका लागि सुरुवात भएको हो ।

मधुवन नगरपालिकाको वडा नं १, २ र ४ कार्यक्षेत्र हुने गरी परियोजनाको सुरुवात भएको मधुवन नगरपालिकामा आयोजित परियोजना शुभारम्भ बैठकमा जानकारी गराईएको छ । गर्लस् फर्स्ट फण्डको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ गुलरिया बर्दियाले परियोजना सञ्चालन गर्न लागेको हो ।

cld


परियोजनाको मुख्य उद्देश्य बाल विवाहसँग सरोकार राख्ने किशोर किशोरी, अभिभावक र अन्य सरोकारवाला पक्षहरुलाई जानकारी, शसक्तीकरण र सहकार्य गर्दै बाल बिवाह तथा चांडै हुने बालविवाहको अवस्थामा न्यूनिकरण गर्दै लैजाने रहेको छ । त्यसैगरी बालिका तथा किशोरीहरुको नेतृत्व विकास गर्ने, किशोरी र महिलालाई आयआर्जनमा सहभागी गराएर आत्मानिर्भर गराउने उद्देश्य रहेको परियोजना संयोजक जिरा वि.क.ले बताउनु भयो ।


परियोजना अवधीमा बालविवाह तथा चाँडो हुने विवाह सम्बन्धी तालिम गोष्ठि, समन्वय बैठक, विद्यालय स्तरमा कार्यक्रम, किशोरी तथा महिलाहरुलाई सिपमुलक तालिम, धार्मिक गुरुहरुसँग बैठक, रेडियो जिंगल र कार्यक्रम उत्पादन गरी प्रशारण, बालिकाहरुलाई ड्रेस र स्टेशनरी सामाग्री सहयोग लगाएतका २३ ओटा क्रियाकलाप गर्ने परियोजना अधिकृत वि.क.ले बताउनु भयो । उहाँले परियोजनाले तोकेको कार्यक्रम बाहेक मधुवन नगरपालिकाभरी बालविवाह न्युनिकरण अभियान सञ्चालन गर्ने बताउनु भयो । संयोजक वि.क.का अनुसार कार्यालय खर्च बाहेक मधुवन नगरपालिकाका लागि नौ लाख चौहत्तर हजार बजेट रहेको छ ।

बैठकमा सहभागीले परियोजनालाई सफल बनाउनका लागि सुझावहरु प्रस्तुत गरेका थिए । बालविवाह न्युनिकरणका लागि विद्यालय र समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । बालबालिकालाई नै बालविवाह विरुद्धको अभियानमा सहभागी गराउन सकियो भने अभियान सफल हुने सहभागीहरुको भनाई छ । मधुवन नगरपालिकाकी उपप्रमुख अनिता कुमारी चौधरीले बालविवाह न्युनिकरणको लागि सबैजना आ आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो । उहाँले अझै पनि समाजमा बालविवाह विकराल रुपमा रहेको बताउनु भयो । मधुवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नोखीराम वलीले कुनै एक वडाबाट सुरु गरी वडालार्य बालविवाह मुक्त गर्ने गरी काम अगाडी बढाउनु पर्ने बताउनु भयो । उहाँले एक वडा बालविवाह मुक्त हुने वित्तिकै अरु वडाहरु यस अभियानमा सक्रिय भएर जाने बताउनु भयो ।

दलित महिला उत्थान संघ बर्दियाकी कोषाध्यक्ष विवा वि.क.को अध्यक्षतामा सम्पन्न भएको बैठकमा मधुवन नगरपालिकाकी उपप्रमुख, वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न शाखाका प्रमुख तथा प्रतिनीधि, बालविवाहको क्षेत्रमा काम गर्ने संघ संस्था, अभियन्ता र पत्रकारहरुको उपस्थीती थियो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.