bardiyahospital

 माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सहित एक सय एमालेमा प्रवेश

Geruwa GIF


प्रकाश पौडेल/ राजापुर (बर्दिया)
बर्दियामा नेकपा माओवादी केन्द्रका चार जना प्रदेश कमिटी सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । 


नेकपा माओवादीका प्रदेश कमिटी सदस्य रहेका  राजापुर नगरपालिकाका निवर्तमान मेयर शिव प्रसाद थारू र मधुवन नगरपालिकाकी उपप्रमुख शुवरानी थारू नेकपा एमाले प्रवेश गर्नु भएको हो । त्यसैगरी प्रदेशकमिटी सदस्य तथा राजापुर नगरपालिका ५ नं वडाका निवर्तमान वडाध्यक्ष रामबहादुर थारु‚ प्रदेश कमिटी सदस्य शान्ति चौधरी र जिल्ला कमिटी सदस्य सुरेश भुल लगाएत एक सय जना नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको हो । 

cld


त्यसैगरी नेकपा समाजवादी जिल्ला कमिटी सदस्य पशुपति श्रेष्ठ‚ शिव देवकोटा‚ नरबहादुर डाँगी लगाएत २० जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले बर्दियाले जनाएको छ । 


नेकपा माओवादी केन्द्र जिल्ला कमिटी र नगर कमिटीमा रहेका राजापुर‚ मधुवन र ठाकुरबाबा नगरपालिकाबाट एक सय जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीमा स्वागत गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव शंकर पोख्रेलले राष्ट्र र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने एउटा मात्रै नेकपा एमाले पार्टी भएको बताउनुभयो ।
नेकपा एमाले प्रवेश गर्दै पूर्व राजापुर नगरपालिकाका मेयर चौधरीले  स्थानीय तहदेखि उपल्लो तहसम्म पार्टीमा अपहेलित भएर बस्नु पर्ने बाध्यता कै कारण आफू पार्टीमा विद्रोह गरी एमाले प्रवेश गरेको बताउनु भएको छ । आफूले भूमिगत कालदेखि    नै पार्टीलाई धेरै सक्रिय रहेको बताउनु भयो । 


कार्यक्रममा प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल‚ संघीय सांसद विमला वि क‚ केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मणराज ज्ञवाली‚ सह इन्चार्ज शोभा ज्ञवाली‚ केन्द्रिय सदस्य तथा कैलाली जिल्ला सह इन्चार्ज गौरीशंकर चौधरी लगायत केन्द्रिय तथा प्रदेश स्तरीय नेता कार्यकर्ता‚ विभिन्न भातृसंगठनका प्रतिनिधिहरू‚  र सञ्चारकर्मीहरू उपस्थिति रहेको थियो ।  

online dubble sclaed
Leave A Reply

Your email address will not be published.