bardiyahospital

बर्दियामा २० प्रतिशत गर्भवतीले अन्तिम गर्भजाँच गराउँदैनन्

Geruwa GIF

प्रकाश पौडेल / (गुलरिया) बर्दियाबर्दिया जिल्लामा गर्भवती महिलाले अन्तिम पटक गर्भ जाँच गराउन आउनेको सख्यामा कमी देखिएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८/०७९ मा पहिलो पटक गर्भवती जाँच गर्ने भन्दा अन्तिम पटक गर्भ जाँच गर्नेको संख्यामा एक हजार ३ सय ८४ जनाले कमी देखिएको हो ।

cld

स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९ मा पहिलो पटक छ हजार ९६५ जना गर्भवती महिलाले जाँच गराएका थिए । अन्तिम पटक पाँच हजार ५८४ जना गर्भवती महिलाले जाँच गराएका थिए । पहिलो पटक भन्दा अन्तिम पटक गर्भवती महिलाले स्वास्थ्य संस्थामा जाँच गराउन नआउनेको संख्या एक हजार ३८४ रहेको छ ।

आर्थिक बर्ष २०७७/०७८ मा पहिलो पटक सात हजार जना गर्भवती महिलाले जाँच गराएका थिए । अन्तिम पटक भने पाँच हजार ९८४ जना गर्भवतीहरुले जाँच गराएका थिए । पहिलो पटक भन्दा अन्तिम पटक गर्भ जाँच नगर्नेको संख्यामा एक हजार १६ जनाले कमी होे

आर्थिक बर्ष २०७६/०७७ मा पहिलो पटक सात हजार ८५६ जना गर्भवतीहरुले  जाँच गराएका थिए । अन्तिम पटक छ हजार ११६ जना गर्भवती महिलाले जाँच गराएका थिए । पहिलो पटक भन्दा अन्तिम पटक गर्भ जाँच नगर्नेको संख्यामा एक हजार ७४० जनाले कमी हो ।

महिला गर्भवती भएपछि नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार चार पटक अनिर्वाय स्वास्थ्य जाँच गर्नु पर्ने हुन्छ । पहिला पटक (चौथो महिना), दोस्रो (छैठौ महिना), तेस्रो (आठौ महिना) र चौथो (नवौँ महिनामा) पटक गर्भ जाँच गराउनु पर्ने हुन्छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा रहि औषधी र स्वास्थ्य सेवा लिनु पर्ने स्वास्थ्य माापदण्ड भित्र पर्छ ।

गर्भवती महिलाको गर्भ अन्तिम जाँचमा घटबढको बिषयमा बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सुभाष पाण्डेले पहिलो पटक गर्भ जाँच गर्र्ने गर्भवती मध्ये केही गर्भवती सिधै चिकित्सकको चेकजाँच गर्ने गरेको पाइन्छ  र केही गर्भवती नौ महिना नपुग्दै सुत्केरी हुदाँ पनि तथ्याकंमा फरक पर्ने गरेको बताउनु भयो ।

स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले पहिलो पटक गर्भवती जाँच गरेपछि केहीले कानुन विपरित असुरक्षित गर्भपतन गर्नु, गर्भ खेर जानु , गर्भावस्थामा शिशु अपाङ् भएमा र आमा असुरक्षित भएमा गरिने अप्रेसन लगाएतका कारण पनि पहिलो पटक (चौथो महिना) र अन्तिम पटक (नौं महिना)मा गर्भवती जाँच गर्न आउने संख्यामा फरक पर्ने गरेको गरेको बताउनु भयो ।

स्वास्थ्य कार्यालय बर्दिया सुचना अधिकारी कृष्णगोपाल चौधरीले नियमित टि.डी खोप लगाउने, आइरन चक्की खाने, जुका औषधी खाने पोषिलो खाना खाने र जाँच गर्नुपर्ने बताउनु भयो  । गर्भवतीले नियमित जाँच नगर्दा कहिले काहीँ बच्चा जन्मदाँ तौल कम हुने र गर्भपतन हुने सम्भावना हुने गरेको बताउनु भयो । सुचना अधिकारी चौधरीले गर्भबती महिलाले नियमित गर्भ जाँच नगर्दा रक्तअल्पता हुने, हातखुट्टा सुनिने जस्ता समस्याका आई पर्ने गरेको बताउनु भयो । यस्ता बिषयको ज्ञान नहुदाँ गर्भवतीको ज्यान सक्ने जोखिम हुन्छ । गर्भ अवस्थामा आउने समस्याको न्युनिकरण गर्न नियमित जाँच गर्नु पर्ने बताउनु भयो ।

बर्दिया अस्पतालको मातृ तथा नवशिशु स्वास्थ्य सेवा शाखाकी सिनियर अनमी सत्य रोकायले पहिलो पटक गर्भवती जाँच गर्न ढिलो गरी आउने र नियमित जाँच नगर्दा पनि फरक पर्ने गरेको बताउन भयो । सिनियर अनमी रोकायले केही गर्भवतीहरुमा समयमा जाँच गर्नुपर्छ भन्ने चेतनाको कमी पाईएको बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.