Division forest_Ads
Barista_Training

बर्दियामा डेंगु रोगका बिरामी बढ्दै

Geruwa GIF

प्रकाश पौडेल / बर्दिया । बर्दियामा डेंगु रोग फैलिँदै गएको छ । २०७९ जेठ महिना यता मात्रै २७ जना डेँगू रोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय बर्दियाले ज्वरो आएर जाँच गराउन अस्पताल पुगेकामा डेंगु परीक्षण गर्दा २७ जनामा डेँगू रोग देखिएको जनाएको छ ।

जिल्लाका सबैजसो पालिकामा यो रोगका विरामी फेला परेका छन् । ज्वरो आएर उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज र बर्दिया अस्पतालमा पुगेकाहरुमा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । उहाँले एकै क्षेत्रमा धेरैजनामा डेंगु रोग पुष्टि भएको क्षेत्रमा खोज र नष्ट गर भन्ने अभियान शुरु गरिएको बताउनु भयो ।

डेँगू एडिस जातको पोथी लामखटेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेँगू भाइरसबाट संक्रमित लामखुटेको टोकाइले यो रोग सर्दछ । बर्षातको मौसम सुरु भएपछि डेँगू रोगको प्रकाप बढ्न थाल्दछ यो लामखुटेले दिउँसो मात्र टोक्ने गर्दछ ।

Basgadhi PSA_final

आर्थिक वर्ष २०७८÷०७९को वैशाख मसान्तसम्म बर्दियामा ७९ जनामा डेंगु पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढि गुलरिया नगरपालिकामा डेँगू रोगका बिरामी फेला परेका थिए ।

बर्दिया अस्पतालमा डेंगु रोगको परिक्षणको ब्यवस्था गरिहेको छ । हालसम्म डेंगु रोगको परिक्षणको लागि प्रयोग हुने किटको अभाव नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सुभाष पाण्डेले बताउनु भयो । मेडिकल सुपरिटेन्डेन डाक्टर पाण्डेले डेँगु रोगको लक्षण तीन देखि १४ दिनको अन्तरमा देखिने बताउनु भयो ।

डाक्टर पाण्डेले डेँगु रोग लागेका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने,आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउन,अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने,पेट तथा आन्द्रामाा गडबडी हुने लक्षण बिरामी देखिने बताउनु भयो । साथै डाक्टर पाण्डेले डेँगु रोग लागेपछि यसको विषेश उपचार नभएको र रोगको लक्षण अनुसार उपचार गरिने बताउनु भयो ।

डाक्टर पाण्डेले कडा ज्वरो आएमा वा शंका लागेमा डाक्टरको सल्लाह र चेकजाँच विना जथाभावी औषधी सेवन नगर्न आग्रह गनुभयो ।

Leave A Reply

Your email address will not be published.