बर्दियामा सत्ता गठबन्धन दलका लागि नेकपा (एस) र बागी उम्मेदवारकाे चुनौती
नेकपा (एस) र वागी उमेद्वारका कारण सत्ता गठबन्धन दललाई घाटा हुने आँकलन
प्रकाश पौडेल / बर्दिया । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धन दलका विरुद्द सत्ता गठबन्धनमै रहेको अर्को दल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का उम्मेदवार प्रदेश सभामा भिड्ने भएका छन् । सत्ता गठबन्धन दल नेपाली काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धन मै रहेको दल नेकपा (एकीकृत समाजवादी) भिड्ने भएको हो ।
बर्दिया क्षेत्र नंं १ को प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा सत्ता गठबन्धन दल काँग्रेस र माओवादीबाट काँग्रेसका भुवनेश्वर थारु र सत्ता गठबन्धन भित्र कै अर्को दल नेकपा (एस) का डिलबहादुर के.सी चुनावी मैदानमा छन् । यता नेकपा (एमाले) का तर्फबाट अब्बल उम्मेदवार सालिकराम अधिकारी र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार खेमबहादुर थारु पनि चुनावी मैदानमा हुनुहुन्छ ।
बर्दिया क्षेत्र नं १ प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा समेत सत्ता गठबन्धनको विरुद्धमा नेकपा (एस) का बखतबहादृुर खड्का का साथै सत्ता गठबन्धन दल काँग्रेस र माओवादीको तर्फबाट नेकपा (माओवादी केन्द्र ) की अन्जु दहित, नेकपा (एमाले) का भक्तबहादुर बि.क., नागरिक उन्मुक्ति पार्टीका राजकुमार थारु र स्वतन्त्र उम्मेदवार सुभाषकुमार पोखरेल चुनावी मैदानमा उत्रिनु भएको छ ।
स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिनु भएका सुभाषकुमार पोखरेल नेपाली काँग्रेसका नेता हुनुहुन्छ । उहाँलाई कतिपयले सत्ता गठबन्धनका बागी उम्मेदवारको रुपमा लिएका छन् । यता पार्टीको चुनाव चिन्हबाट चुनावी मैदानमा उत्रीएपनि कतिपय गठबन्धनका नेताहरुले नेकपा (एकिकृत समाजबादी) का उम्मेदवार के.सी. र खड्का लाई गठबन्धनको वागी उम्मेदवार को रुपमा लिएका छन् । वागी उम्मेदवारको रुपमा लिईएका पोखरेल, के.सी. र खड्काले सत्तागठबन्धनका उम्मेदवारहरुलाई घाटा पुग्ने नेताहरुको दावी छ ।
नेकपा (एकीकृत समाजवादी)का लुम्बिनी प्रदेश सदस्य तथा बर्दिया क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन क्षेत्र (ख) उम्मेदवार बखतबहादुर खड्काले प्रतिनिधि सभामा गठबन्धन भए पनि प्रदेशमा भने मित्रवत प्रतिस्पर्धा गर्ने बताउनु भयो ।
सत्ता गठबन्धन दलले देशभर चुनाबी तालमेल गरेर चुनाब लड्ने निर्णय गरेका छन् । बर्दियामा सत्ता गठबन्धन दलको निर्णय बिरुद्द उम्मेदवारहरु चुनाबी मैदानमा जाने देखिएपछि चुनावी प्रतिस्पर्धा अझै रोचक हुने देखिएको छ ।