Division forest_Ads
Barista_Training

  बर्दियामा एक सय १९ जना घर मै सुत्केरी, सदरमुकाममा बढि 

Geruwa GIF

प्रकाश पौडेल
गुलरिया ।
सरकारले स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभियान नै सञ्चालन गरेको छ । त्यति मात्र नभएर सुत्केरीलाई यातायात खर्च र महिला स्वास्थ्य स्वयंसेविकालाई समेत भत्ताको व्यवस्था गरेको छ तर गत आर्थिक वर्षमा बर्दियामा एकसय १९ जना घरमा सुत्केरी भएका छन् । 


बर्दिया जिल्लामा घरमा सुत्केरी हुने महिलाहरूको सङ्ख्यामा गुलरिया नगरपालिकमा नै बढि रहेको छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८/०७९ मा जिल्लामा गुलरिया नगरपालिकामा  ९० जना (७५.६३ प्रतिशत)  महिला घरमा सुत्केरी भएका छन् । 

Basgadhi PSA_final


त्यसैगरी बढैयाताल गाउपालिका १७ जना, बाँसगढी नगरपालिकामा १२ जना महिला घरमा सुत्केरी भएका छन् । भने मधुवन, बारबर्दिया, ठाकुरबाबा, गेरुवा र राजापुरमा घर मै सुत्केरी हुने महिलाहरू छैनन् । गत आर्थिक वर्षमा बर्दियाको सबैभन्दा विकट र यातायातको सुविधाको दृष्टिकोणले असहज देखिएको गेरुवा गाउँपालिकामा घरमा सुत्केरी हुने संख्या शून्य रहेको थियो तर सदरमुकाम समेत रहेको गुलरिया नगरपालिकामा सुत्केरी हुनेको संख्या बढि देखिएको छ । गुलरिया नगरपालिकामा ३ वटा प्रसुती सेवा केन्द्र  र १०९ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । 


यता आर्थिक बर्ष २०७७/०७८ मा  दुइ सय आठ जना घरमा सुत्केरी भएका छन् । जसमध्ये  गुलरिया नगरपालिकामा १५८ जना महिला घरमा सुत्केरी भएको पाइएको छ । बाँसगढी नगरपालिकामा २९ जना, बढैयाताल गाउँपालिकामा १८ जना, बारबर्दिया नगरपालिकामा २ जना र ठाकुरबाबा नगरपालिकामा १ जना घरमा सुत्केरी भएका छन् ।


त्यसैगरी आर्थिक बर्ष २०७६/०७७ मा बर्दियामा २१८ जना घरमा सुत्केरी भएका छन् । त्यस मध्ये गुलरिया नगरपालिकामा एक सय ४१ जना, बाँसगढी नगरपालिकामा ५९ जना, बढैयाताल गाउँपालिकामा १५ जना, राजापुर नगरपालिकामा २ जना र मधुवन नगरपालिकामा १ जना घरमा सुत्केरी भएका छन् ।
स्वास्थ्य कार्यालय बर्दिया सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले समुदायमा चेतनाको स्तर माथि उठ्न नसकेको कारणले घरमा सुत्केरी गराउनेको सङ्ख्यामा बढि भएको बताउनु भयो । घरपरिवारले पहिलेका महिलाहरू घरमा सुत्केरी भएको उदाहरण दिँदै सुत्केरी गराउन स्वास्थ्य संस्था नलैजाने गरेको पाइएको उहाँले बताउनु भयो ।  


बर्दिया अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राम विश्वास रायले घरमा सुत्केरी हुदाँ रक्तश्राव हुने, रक्तअल्पता हुने , प्रसव वेदना लामो समय हुने, पाठेघर बाहिर निस्किने र सालनाल अड्किन सक्ने जस्ता समस्या देखिने बताउनु भयो । उहाँले  बच्चा खेल्ने पानीको फोका फुट्ने, बच्चा पेटमा मर्ने,  सालनाल काट्दा संक्रमण हुने जस्ता समस्या देखापरेको बताउनु भयो । डाक्टर रायले बच्चा जन्मने बेला ढिलो रुने र अक्सिजनको कर्मी भएमा दीर्घकालीन रुपमा शारीरिक र मानसिक रुपमा असर पर्न सक्ने बताउँदै कतिपय सुत्केरी र बच्चालाई स्वास्थ्य समस्या देखिएर सिरियस भएपछि अस्पताल ल्याउने गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.