bardiyahospital

उमेद्वार नदेखेको महजिदिया गाउँ

Geruwa GIF

मुकुन्द सुवेदी 
बर्दिया ।

आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिँदो छ । गाउँ देखि बस्तीबस्तीमा चुनावी सरगर्मी बढेको छ । तर, तीन तीर बबई नदी र एकतर्फ भारतको सीमासँग जोडिएको महजिदिया गाउँका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन ।

cld

गुलरिया नगरपालिका–१० मा पर्ने महजिदिया गाउँका अधिकांश स्थानीयलाई निर्वाचनको मिति र उमेद्वारको बारेमा न जानकारी छ, न कुनै चासो । न्यूनतम विकासका पूर्वाधार समेत नपुगेकोे महजिदिया गाउँमा मल्लाह र हरिजन समुदायका ५० घर रहेका छन् । ती घरका भित्ता र छानो खरले बनेको छ । गाँउमा आजसम्म सडक, विजुली र खानेपानी पुगेको छैन । नदीमा पुल छैन । नदी वारपारका लागि डुंगाको जोखिमपूर्ण यात्रा गर्नु पर्छ । बस्तीमा बसोबास गर्ने मानिसहरुको आफनो जग्गाजमिन छैन । उनीहरु जमिनदारको जग्गाजमिन ठेक्का र अधियाँ (बटैया) मा लिएर खेती गरिरहेका छन् ।


स्थानीय मालमती मल्लाहाले यस अघि चुनाव जितेर गएका नेताहरु फर्किएर कहिल्यै गाँउ नआएको बताउनु भयो । उहाँले आजसम्म कुनै उम्मेदवार भोट माग्नका लागि आफ्नो गाउँमा नआएको बताउनु भयो ।

आफूहरुले भोट दिएर जिताएको मान्छे पटक पटक सांसद भएको तर महजिदिया गाउँको विकास गर्न नसकेको स्थानीय लक्ष्मण मल्लाहाले दुखेसो पोख्नुभयो । उहाँले उमेद्वारले आश्वासन मात्रै दिने विकास कहिल्यै नदिएका कारण आफूहरुको बस्ती ओझेलमा परेको बताउनु भयो । आजसम्म जितेर गएका नेताहरु त आएनन् नै अहिलेसम्म भोट माग्न पनि कोही नआएको लक्ष्मणको भनाई छ ।

यस अघिका चुनावमा दिएको सडक, पुल, विजुली खानेपानी, लालपूर्जा लगाएतका आश्वासन पुरा गर्न नसकेका कारण अहिले नेताहरु भोट माग्न आउन नसकेको गोपाल मल्लाहाको ठहर छ । अघिल्ला निर्वाचनमा आएका उमेद्वारले झै आश्वासन मात्रै दिने हो भने भोट माग्न मात्रै नआउन लक्ष्मणको सुझाव छ ।
बबई नदीले तीन तिर घेरिएर रहेको यो टापुजस्तै गाँउका अधिकांश विद्यार्थी विद्यालय नै जाँदैनन् । विद्यालय गएका अधिकांश विद्यार्थी नेपाली र भारतीय दुवैतिरका विद्यालयका विद्यार्थी हुन् ।

बर्दिया निर्वाचन क्षेत्र नं. १ मा पर्ने यो निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतम र नेकपा एमालेका केन्द्रीय सदस्य लक्ष्मणराज ज्ञवाली चुनावी मैदानमा हुनुहुन्छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.